महोत्सवमा दर्शकको भीड बढ्दा ब्यवस्थापनमा चुनौति

0
96
Google search engine

Google search engine

वालिङ २७ माघ ।
वालिङमा जारी आठौँ वालिङ महोत्सवमा शनिबार दर्शकको उत्साहजनक सहभागिता रह्यो । “हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ आयोजित महोत्वसको दशौँ दिन टिकट काउन्टरमै आयोजकलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । महोत्सवको मुख्य प्रवेशद्वारमै निकै लामो लाईन र प्रतिक्षापछि दर्शकहरु महोत्सव स्थलमा प्रवेश गरेका थिए ।
महोत्सवमा आएका दर्शकहरुले आगामी दिनमा महोत्सव गर्दा महोत्सव प्रवेश स्थल र बाहिरने स्थल फरक बनाउनुपर्ने र हुन सक्ने भीड व्यवस्थापनको लागी आयोजक पूर्व तयारीका साथ रहनुपर्ने बताएका थिए । शनिबार तथा महोत्सवको अन्तिम दिन भएकाले पनि महोत्सवमा किनमेल गर्न र बालउद्यानमा रमाउनकालागि उत्तिकै मानिसहरु महोत्सव पुगेका थिए ।
महोत्सवममा अहिलेसम्मकै धेरै दर्शकको उपस्थिति रहेको आयोजकले जनाएका छन् । महोत्सवको आईतबार समापन गरिँदैछ । समग्रमा आठौँ वालिङ महोत्सव ऐतिहासिक बनेको आयोजक वालिङ उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवको उद्दघाटन दिन माघ १८ गतेदेखि नै अन्तिमसम्म आईपुग्दा दर्शकको अपार माया र सहभागिताले आयोजकलाई निकै उत्साहित बनाएको महोत्सव आयोजक मुल समितिका संयोजक चेतनारायण श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “आठौँ वालिङ महोत्सव ऐतिहासिक बन्यौ । धेरै दर्शकको सहभागिताले समग्र वालिङको आर्थिक आर्थिक अवस्थालाई चलायमान बनाउन मद्दत पुगेको देखिन्छ ।”

महोत्सव प्रचारप्रसार तथा बालउद्यान, कलाकार व्यवस्थापन उपसमिति संयोजक सुशील खनालले महोत्सव सफल भएको भन्दै महोत्सव सफल बनाउन सक्रिय रुपमा लाग्नुभएका सम्बन्धित निकाय तथा आम दर्शकहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । यस्ता विभिन्न मेला महोत्सव तथा ईभेन्टहरुले यहाँको बजारलाई चलायमान बनाउन टेवा पुग्ने भन्दै संघले आगामी दिनमा सडक फेष्टीबल गर्ने योजनाका साथ अगाडि बढेको खनालले बताउनुभयो । मेला महोत्सवले स्थानीय व्यापारलाई प्रत्यक्ष असर पार्ने गुनासोहरु आईरहेका बेला यो गुनासोलाई चिर्ने खालका कार्यक्रमहरु गरेर वालिङ उद्योग वाणिज्य संघ नितान्त व्यापारीकै हितमा छ है भन्ने सन्देश प्रवाह गर्ने प्रयास गर्ने संघका सचिव समेत रहनुभएका खनालले बताउनुभयो ।
शनिबार राष्ट्रिय चर्चित गायकहरु रामजी खांँण, राजु गुरुङ, दुर्गेश थापा, पार्वती गुरुङ, अर्जुन गैह्र्रे, नेत्र खड्काको प्रस्तुति रहेको थियो भने दिनेश काफ्लेको हस्या प्रस्तुतिमा दर्शकले निकै मनोरञ्जन लिएका थिए । त्यस्तै सुगम संगीतमा रवि रिमाल, सन्तोष बस्यालको प्रस्तुति रहेको थियो भने नृत्यकार अस्मिता रनपालको नृत्यलाई समेत दर्शकले निकै साथ दिएका थिए । त्यस्तै लक्ष्य व्याण्डको लाईभ कम्र्सट समेत रहेको थियो ।
२०५४ सालमा स्थापना भएको वालिङ उद्योग वाणिज्य संघले २०६३ सालबाट वालिङ महोत्सव आयोजना गर्दै आएको हो । हरेक दुई वर्षमा गरिँदै आईएको महोत्सव विगत ५ वर्षदेखि आयोजना गरिएको थिएन । कोभिड १९ का कारण ५ वर्षको अन्तरालमा गरिएको महोत्सव हेर्न दर्शकहरु निकै उत्साहका साथ हरेक दिन आईरहेका छन् । समापनका दिन शिव हमाल, कृष्ण अखेली, सविना गुरुङ, चेतन गोतामे, मदन परियार र राम तिवारीको प्रस्तुति रहनेछ भने सगुन थापाको नृत्य रहनेछ ।

Google search engine