अपाङ्गतासम्बन्धी नीति तथा कार्यक्रमहरुको कार्यान्वयन गर्ने प्रतिवद्धता

0
116
Google search engine

तोलाकान्त बगाले
वालिङ, १२ माघ ।
अपाङ्गताका सवालमा वालिङ नगरपालिकाले निर्दिष्ट गरेका अपाङ्गतासम्बन्धी नीति तथा कार्यक्रमहरुको कार्यान्वयन गर्ने गराउने प्रतिवद्धता गरिएको छ ।
आज स्याङ्जाको वालिङमा भएको स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत ‘स्थानीय तहमा अपाङ्गता समावेशी विकास’ तथा अपाङ्गतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा वालिङ नगरपालिकाका जनप्रतिनिधिले कार्यान्वयन गर्ने गराउने प्रतिवद्धता जनाउनुभएको हो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना, वालिङ नगरपालिकाको समन्वय र स्थानीय सरकार सवलीकरण साझेदार रहने गरी स्याङ्जा अपाङ्ग समाज र पैरवी समूह वालिङको सहकार्यमा वडा अध्यक्षहरु, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित विषयगत शाखाका प्रमुखहरु, कार्यपालिका सदस्यहरु, पैरवी समूहका सदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नगरपालिकाले अपाङ्गताका सवालमा विभिन्न समयमा गरिएका प्रतिवद्धताहरुलाई नीति कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने लिखित प्रतिवद्धता जनाउनुभएको हो ।

Google search engine

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले वालिङ नगरपालिकाले अपाङ्गताका सवालमा उदाहरणीय कार्यहरु गर्दै अगाडि बढेको बताउनुभयो । उहाँले अपाङ्गताका विषयमा नगरपालिका गम्भीर रहेको बताउँदै यसअघि गरिएका प्रतिवद्धताहरुको कार्यन्वयनमा पहल गर्ने बताउनुभयो ।
नगरपालिकाले अपाङ्गताका सवालमा बजेट विनियोजन गर्दै आईरहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका प्रवक्ता रमेश पोख्रेलले नगरपालिकाले सञ्चालन गर्ने कार्यक्रमहरुमा आवश्यक प्राविधिक सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले मानिसमा अपाङ्गता नभई हाम्रो सोंचमा अपाङ्गता भएकाले सोंचमा परिवर्तन हुनु जरुरी रहेको बताउनुभयो ।
अपाङ्गताका क्षेत्रमा जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राहीबीच कानूनी सचेतनाकाकारण कार्यान्वयनमा केही समस्या देखिएकाले त्यसलाई समाधान गर्नकालागि राष्ट्रिय अपाङ्ग महासंघ तथा स्याङ्जा अपाङ्ग समाज जतिबेला पनि प्राविधिक सहयोग अर्थात् अभिमुखीकरण गर्नकालागि तयार रहेको बताउनुभयो ।

कार्यक्रमम द एशिया फाउण्डेशनका गण्डकी प्रदेश संयोजक पूर्ण परियारले स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत वालिङ नगरपालिकासँग विभिन्न क्षेत्रमा सहकार्य गर्दै आईरहेको बताउँदै अपाङ्गताको सवाल पनि एउट क्षेत्र भएको उल्लेख गर्नुभयो । अपाङ्गताका सवालमा सहकार्य गरिएसँगै सरोकारवाला पक्षहरु सचेत भई आफ्ना हक अधिकार र कर्तब्यकाबारेमा जानकार भएको आँफूले पाएको उहाँले बताउनुभयो ।
कार्यक्रममा स्याङ्जा अपाङ्ग समाजका पूर्व अध्यक्ष एवं पैरवी समूहका फोकल पर्सन युवराज पराजुलीले वालिङ नगरपालिकामा स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत ‘स्थानीय तहमा अपाङ्गता समावेशी विकास’ कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । यो कार्यक्रम सञ्चालन भएसँगै विस्तारै उपलब्धीहरु देखिंदै गएकाले पनि कार्यक्रम प्रभावकारी भएको पुष्टि भएको बताउनुभयो ।
कार्यक्रममा स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष एवं पैरवी समूहका संयोजक राम शर्मा पोख्रेलले वालिङ नगरपालिका र पैरवी समूहबीच विभिन्न समयमा भएका छलफलबाट आएका निचोडको कार्यान्वयनमा नगरपालिका प्रतिवद्ध भई अगाडि बढेको बताउनुभयो । उहाँले वालिङ नगरपालिकाले अपाङ्गताका सवालमा राम्रा र उदाहरणीय कार्यहरु गरेको बताउनुभयो । बाँकी रहेका केही कार्यहरुको कार्यान्वयनको अपेक्षासमेत ब्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता पदमराज गुरुङ, ६ का वडा अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, ८ का वडा अध्यक्ष दामोदर तिवारी, ११ का वडा अध्यक्ष डण्डु पंगेनी, १३ का वडा अध्यक्ष नमलाल डुम्रे, सामाजिक विकास समिति संयोजक युगमाया पंगेनी, सदस्य हिरादेवी ढुंगाना, नगरस्तरीय अपाङ्ग सञ्जालका अध्यक्ष डेलबहादुर बिक लगायतले अपाङ्गताका क्षेत्रमा देखिएका समस्या, चुनौति र समाधानका उपायहरुकाबारेमा आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो ।

Google search engine