वालिङ महोत्सवको उत्तरार्ध, साँझ ५ बजेसम्म पनि टीकट किन्नेहरुको भीड उत्तिकै

0
91
Google search engine

स्याङ्जाको वालिङ खेलमैदानमा यही माघ १८ गतेदेखि सुरु आठौं संस्करणको महोत्सव चलिरहेको छ । सुरुका दिनदेखि नै दर्शकहरुको दैनिक उत्साहजनक उपस्थिति रहँदै आएको छ । यही २८ गतेसम्म सञ्चालन हुने महोत्सवको शुक्रबार नवौंदिन अझ बढि दर्शकहरुले उपस्थिति जनाएका छन् । अब दुईदिन मात्र बाँकि छ, महोत्सवको उत्तरार्धमा आएर महोत्सवले साँझसम्म पनि दर्शक आउने क्रम रोकिएन । यतिसम्म कि साँझ ५ बजेसम्म पनि टीकट काट्नेहरुको भीड लागिरह्यो ।
स्याङ्जा डान्स आइडल सिजन थ्री, लोक भजनगीत, रत्यौलीगीत तथा विद्यालय स्तरीय नृत्यलगायतका प्रतियोगितात्मक कार्यक्रमहरुको साथमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति महोत्सवका आकर्षणहरु रहेका छन् । राष्ट्रिय कलाकारहरुकासाथै स्थानीय प्रतिभाका प्रस्तुति हेर्न पाइने भएपछि आम नागरिकहरुमा पनि सकारात्मक प्रभाव पारेको अनुमान गर्न सकिन्छ ।
शुक्रबार स्थानीय प्रतियोगितात्मक कार्यक्रमकोसाथमा नियमित कार्यक्रम अनुसार राष्ट्रिय कलाकारहरुका प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेको उनिहरुको उत्साहले देखाएको छ । हरेक प्रस्तुतिमा दर्शकहरु स्वतः स्फूर्तरुपमा नाच्ने, ताली बजाउने र हुटिङ गर्ने जस्ता उत्साहजनक गतिविधीले महोत्सवलाई थप उर्जा प्रदान गरेको देखिन्छ ।
राष्ट्रिय कलाकार बद्रि पङ्गेनीको रुवाउने देखि रमाउनेसम्मका गीति प्रस्तुतिले मन्त्रमुग्ध पार्नुकासाथै उनको सांङ्गीतिक माहौलले दर्शकहरुलाई नचाएको थियो । यसैगरी, रामजी पौडेल, तुलसा जिसी, सरस्वती लामिछाने, बालकृष्ण वाग्ले र पप आधुतिक गायिका एञ्जिला रेग्मीको दर्शकदीर्घालाई थप मनोरञ्जन प्रदान गरेको थियो । देश विदेशमा मन जित्न सफल हास्य कलाकार धुर्मुस सुन्तलीको हास्य खुराँकमा दर्शकहरुमा थप रोचकता बनाएको थियो । यस्तै पछिल्लो समयकि चर्चित डान्सर अस्मिता रनपाल, रोशन बिसी र दिपेस एसकेले नृत्यको स्वाद दिलाएका थिए ।

Google search engine
Google search engine