२३ औं सशस्त्र प्रहरी दिवसमा रक्तदान, आँखा परीक्षण

0
801
Google search engine

तोलाकान्त बगाले
वालिङ, ८ माघ ।
तेईसौं सशस्त्र प्रहरी दिवस तथा छैटौं युनिट स्थापना दिवसका अवसरमा सोमबार स्याङ्जाको वालिङमा रक्तदान गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल ३० नं गुल्म हेडक्वाटर स्याङ्जाको आयोजनामा नेपाल रेडक्रस सोसाईटी स्याङ्जा र वालिङ नगरपालिकाको स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा वालिङमा रक्तदान गरिएको गुल्मपति देवराज जोशीले बताउनुभयो ।

Google search engine

सशस्त्र प्रहरीका २४ जना र सर्वसाधारण १२ जनाबाट ३६ युनिट रगत सङ्कलन गरिएको हो । सङ्कलन गरिएको रगत नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको रक्तसञ्चार केन्द्रमा राखिएको छ ।
रक्तदान कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह«े, निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँण, वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डे, नेपाल रेडक्रस सोसाईटी स्याङ्जाका उपमन्त्री खगेन्द्रप्रसाद अर्याल, पेखु बाघखोर उपशाखाका सभापति विष्णुप्रताप खाँण, आँधीखोला उपशाखाका मधुसुदन उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा सोमबार ३० नं गुल्ममा कार्यरत सशस्त्र प्रहरीहरुको निशुल्क आँखाको परीक्षण तथा उपचार गरिएको छ ।
गह«ौं प्राथमिक अस्पतालमा रहेको जिल्ला आँखा उपचार केन्द्र वालिङको प्राविधिक सहयोगमा ४८ जनाको निशुल्क आँखाको परीक्षण तथा उपचार गरिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।

५ जनामा उमेर अनुसार आँखामा देखिने सामान्य समस्या देखिएतापनि अन्यमा कुनैपनि जटिल समस्या नदेखिएको आँखा उपचार केन्द्रका प्रमुख तेज गुरुङले बताउनुभयो । आँखामा देखापर्ने समस्या, लक्षणहरु, उपचार तथा समाधानका विषयमा परामर्शसमेत दिईएको प्रमुख गुरुङले बताउनुभयो ।

Google search engine