वालिङ ८ पुस ।
गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले आँफू जिम्मेवारीमा रहे पनि नरहेपनि विकास निर्माणकाक्रममा नागरिकहरुसँगै रहने बताउनुभएको छ । स्याङ्जाको वालिङ १० फूलबारीस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सव उद्घाटनकाक्रममा बोल्नुहुँदै उहाँले यहाँका विकास निर्माणका कार्यहरुमा आँफू निरन्तररुपमा लागिपर्ने बताउनुभएको हो । अहिले मन्त्रीको जिम्मेवारीमा रहेको र भोलि उक्त जिम्मेवारीमा नहुँदा पनि निरन्तररुपमा विकास निर्माणमै खटिने प्रतिवद्धता जनाउनुभयो ।
विद्यालयले विगतको समयदेखि प्राविधिक धारका कक्षाहरु सञ्चालन गरी समयानुकुल शिक्षामा जोड दिंदै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा पूर्व विद्यार्थी मञ्चका सहसचिव यमकान्त खनाल, पूर्व शिक्षक भरतप्रसाद बगाले, समाजसेवी जगदिश गैहे्र, सुरेश गैहे्र, लालचन्द गैह्रे, बालशिक्षा निकेतन आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पंगेनी, शिक्षक गोपालधन सुवेदी, विद्यार्थाी पोषकान्त लुईटेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन तथा भावि योजनाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यो एक वर्षभित्र विद्यालयबाट अवकाश लिन्ुभएका शिक्षक तथा कर्मचारीहरुलाई समेत विद्यालयले वार्षिकोत्सवका अवसरमा सम्मान गरेको थियो । कार्यक्रममा विद्यालयमा स्थापित विभिन्न अक्षयकोषबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक दीपक लम्सालले गर्नुभएको थियो ।