प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि पूर्णामृतलाई

0
119
Google search engine

तोलाकान्त बगाले
वालिङ ७ पुस ।
स्याङ्जाको वालिङमा भएको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पूर्णामृत भवानी माध्यमिक विद्यालयले जितेको छ । वालिङ नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा पूर्णामृतले कूल १३ पदकसहित उपाधि हासिल गरेको हो । पूर्णामृत माविले ६ स्वर्ण, ५ रजत र २ काँस्य गरी कूल १३ पदक प्राप्त गरेको प्रतियोगिता संयोजक दीपेन्द्र खाँणले बताउनुभयो । प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र ३ काँस्य गरी १३ पदक प्राप्त गर्दै लक्ष्मी माध्यमिक विद्यालय द्वितीय भएको छ । बालविद्या विकास बोर्डिङ स्कूलले ५ स्वर्ण, ३ रजत र २ काँस्यसहित १० पदक प्राप्त गर्दा तृतीय हुन पुग्यो । महेन्द्र माध्यमिक विद्यालयले ४ स्वर्ण र एक काँस्य गरी कूल ५ पदक प्राप्त गर्दै सान्त्वना भयो ।

Google search engine

गत बुधबारदेखि वालिङ १० बैंडीस्थित औद्योगिकग्राम खेलमैदानमा सुरु भएको उक्त प्रतियोगिता शनिबार साँझमात्रै समापन भएको थियो । वालिङ नगरपालिका आयोजक तथा पूर्णामृत भवानी माध्यमिक विद्यालयले ब्यवस्थापन गरेको उक्त प्रतियोगितामा नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी सहभागी थिए । कूल २६ विद्यालयले विभिन्न विधामा सहभागिता जनाएका संयोजक खाँणले बताउनुभयो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० बमोजिमका छात्र छात्रा भलिबल, एथ्लेटिक्स, मार्शल आर्ट, कबड्डी खेल खेलाईएको उहाँले बताउनुभयो ।

वालिङ नगरपालिकाभित्रका विभिन्न विद्यालयबाट सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडी विद्यार्थीलाई स्याङ्जामा हुने जिल्लास्तरीय प्रतियोगितामा पठाईने छ ।
जिल्लामा अन्य पालिकाहरुबाट उत्कृष्ट भई आएका खेलाडीहरुकाबीचमा प्रतिस्पर्धा गराई उत्कृष्टलाई जिल्लाको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेशमा सहभागीकालागि पठाईने उहाँले बताउनुभयो ।

Google search engine