ब्याडमिण्टन प्रतियोगिताको उपाधि आयोजकलाई

0
378
Google search engine

वालिङ, १० पुस ।
स्याङ्जाको वालिङ ६ मा भएको ब्याडमिण्टन प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । स्वाभिमान युनिटी ब्याडमिण्टन क्लब वालिङ ६ मिर्दीले स्वर्गीय मोहन पाण्डेको स्मृतिमा गत आईतबारदेखि जारी सि लेभल खुल्ला ब्याडमिण्टन प्रतियोगिताको उपाधि आयोजकले जितेको हो ।
मंगलबार भएको फाईनल खेलमा आयोजकले चापाकोटलाई पराजित गरी उपाधि चुमेको हो । पराजय भएको चापाकोट द्वितीय स्थानमा रहँदा आयोजककै अर्को समूह र भीमटारी युवाक्लब सात्वना भएका हुन् । प्रतियोगितामा प्रथम, द्वितीय र सात्वना भएका समूहहरुलाई क्रमशः ४१ हजार, २१ हजार र सात हजार ५०० नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै भेट्रान्स खुल्ला ब्याडमिण्टनतर्फ गल्याङ ब्याडमिण्टन क्लब प्रथम भएको छ भने दोस्रो वालिङको समूह भएको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहले क्रमशः १० हजार र ५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

Google search engine

बिजयी समूहहरुलाई पुरस्कार वितरण गर्नुहुँदै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले खेल क्षेत्रले फड्को मार्दै ब्यवसायिकतातर्फ उन्मुख भएको बताउनुभएको छ । उहाँले खेलेर नै जीविकोपार्जन गर्न सकिने वातावरण बन्दै गएको बताउनुहुँदै अझै यसलाई ब्यवस्थित र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी दुई वर्षभित्रमा वालिङभित्रै ईन्डोर ब्याडमिण्टन कभर्डहल बनाउने योजनामा आँफू रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अबको दुई वर्षमा वालिङमा ईन्डोर ब्याडमिण्टन कोर्ट बनाएरै छाड्छु यो मेरो प्रतिवद्धता भयो ।”

समापन समारोह क्लबका अध्यक्ष हेमन्तकुमार मल्ल (ईश्वर) को अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव विष्णु आलेले गर्नुभएको थियो ।

Google search engine