पदक तालिकामा लक्ष्मी मावि अगाडि

0
62
Google search engine

वालिङ ५ पुस ।
स्याङ्जाको वालिङ १० बैंडी औद्योगिक ग्राम खेलमैदानमा जारी प्रथम राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत बिहीबारसम्म भएका खेलहरुमा लक्ष्मी मावि बोधिभञ्ज्याङ अग्रस्थानमा रहेको छ ।
लक्ष्मी मावि ३ स्वर्ण र १ काँस्य गरी ४ पदकसहित अग्रस्थानमा रहेको हो । त्यस्तै पूर्णामृत भवानी माध्यमिक विद्यालय १ स्वर्ण, ३ रजत र १ काँस्य गरी ५ पदकसहित दोस्रो स्थानमा छ भने बालविद्या माध्यमिक विद्यालयले १ स्वर्ण, १ रजत गरी दुई पदकसहित तृतीय स्थानमा रहेको खेल संयोजक दीपेन्द्र खाँणले बताउनुभयो ।

Google search engine

हालसम्म भएका खेलहरुमा १२ वटा विद्यालयहरुले खाता खोलेका छन् ।
वालिङ नगरपालिकाले बुधबारदेखि आयोजना गरेको उक्त प्रतियोगितामा वालिङ भित्र रहेका सामुदायिक र संस्थागत गरी २६ विद्यालयहरु सहभागी छन् । प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, कबड्डीलगायतका खेलहरु समावेस गरिएको खेल संयोजक खांँणले जानकारी दिनुभयो । शुक्रबार खेल समापन हुने छ ।

Google search engine