विकासमा तीन तहका सरकार मिल्नुपर्छ — मन्त्री तिवारी

0
210
Google search engine

भवानी अधिकारी
स्याङ्जा २४ कात्तिक ।
गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले विकासका लागि तीन वटै तहका सरकार मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
कालीगण्डकी गाउँपालिकामा बिहीबार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्दघाटन गर्नुहुँदै मन्त्री तिवारीले यस्तो बताउनुभएको हो । मन्त्री तिवारीले भन्नुभयो, ‘विकासको लागि संघीय, प्रदेश र स्थानीय तह एउटै टेबलमा बसेर छलफल गरेर एजेण्डा तयार गरी अगाडि बढ्नुपर्छ, विकास सबैको साझा हो यसमा कुनै स्वार्थ हुनुहुँदैन ।’ मन्त्री तिवारीले कालीगण्डकी सहित स्याङ्जाको विकासमा आँफूले मन्त्रालय सम्हालेपछि धेरै योजनाहरु शुरु भईसकेको भन्दै विशेष गरी यहाँको सिँचाई र खानेपानीका योजनाहरुलाई सफल पार्न नागरिक पनि सक्रिय भएर लाग्नु्पर्ने बताउनुभयो ।
छुटेका सिंचाईका योजनाहरुलाई आगामी वर्षको वजेटमा समेटिने भन्दै कृषिको संभावनायुक्त स्थानहरुमा सिंचाईमार्फत उर्बर बनाईने मन्त्री तिवारीले बताउनुभयो ।

Google search engine

कार्यक्रममा गण्डकी प्रदेश सांसद निर्मला थापा, नेपाली कांग्रेस कालीगण्डकी गाउँपालिका सभापति नरबहादुर राना, नेकपा एमालेका उपाध्यक्ष इन्द्रवहादुर थापा, माओवादी केन्द्रका अध्यक्ष ज्ञानमणी भट्टराई, जनमुक्ति पार्टीका अध्यक्ष बमबहादुर लामिछाने लगायतले प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सावित्रा कोईरालाले र प्रमुख प्रशासकीय अधिकृत परशुराम पोखरेलले सञ्चालन गर्नुभएको थियो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १३ विद्यालयबाट झण्डै एक हजार विद्यार्थीहरु विभिन्न खेलकुदमा सहभागी छन् ।

Google search engine