अपाङ्गमैत्री स्थानीय सूचक पूरा गर्न सहयोग गर्छौं ः आचार्य

0
128
Google search engine

तोलाकान्त बगाले
वालिङ, ८ मङ्सिर ।
राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय अध्यक्ष देविदत्त आचार्यले वालिङ नगरपालिकाले अपाङ्गताका सवालमा राम्रो सुरुआत गरेको बताउनुभएको छ ।
स्थानीय तहमा अपाङ्गता समावेशी विकास कार्यक्रमतर्फ स्थानीय तहसँगको पैरवी समूहको बैठकमा बोल्नुहुँदै उहाँले अपाङ्गमैत्री नगर घोषणाकालागि पूरा गर्नुपर्ने सूचकहरु र त्यसका प्रक्रियाकाबारेमा नगरपालिकासँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभएको हो ।
“स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले अपाङ्गताका सवाललाई पनि सँगसँगै लैजानु जरुरी थियो” उहाँले भन्नुभयो, “स्मार्ट सिटी निर्माण गर्नकालागि पनि अपाङ्गताका सवालमा काम गरेको हुनुपर्छ, त्यसलाई पनि प्राथमिकतामा राखेर नगरपालिकाले नीति, कार्यक्रम तथा बजेटमा सम्बोधन गरेको रहेछ ।”

Google search engine

केन्द्रीय अध्यक्षको उपस्थितिमा भएको बैठकले वालिङ नगरपालिकाले लिएको अपाङ्गमैत्री नगर घोषणाको प्रक्रियामा पैरवी समूहकोतर्फबाट तयार गर्ने स्थानीय सूचकको तयारीकालागि गठन गरिएको उपसमितिले तयार पारेको कार्यलाई अन्तिम रुप दिईएको स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष एवं पैरवी समूहका संयोजक राम शर्मा पोख्रेलले बताउनुभयो ।
प्रत्येक वर्ष ३ डिसेम्बरका दिन मनाईने अन्तर्राष्ट्रिय अपाङ्ग दिवस स्याङ्जा अपाङ्ग समाज, सामाजिक विकास कार्यालय, वालिङ नगरपालिकासँग समन्वय गरी वालिङ नगरपालिकामा भब्यताकासाथ मनाउनुकासाथै सहायक सामग्री वितरण गर्ने तयारी भएको संयोजक पोख्रेलले बताउनुभयो ।
स्थानीय तहमा अपाङ्गता समावेशी विकास कार्यक्रम अन्तर्गत सरोकारवाला पक्षसँगको समन्वय बैठक बैंक तथा वित्तीय संस्थासँगको समन्वय बैठक आयोजना गर्ने, वालिङ नगरपालिकाले निर्माण गर्न लागेको प्रस्तावित स्वास्थ्य नीतिमा अपाङ्गताका सवाल समावेश गर्ने कार्यमा प्राविधिक सहयोग राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँग माग गर्ने निर्णय गरिएको कार्यक्रमका फोकल पर्सन युवराज पराजुलीले बताउनुभयो ।

Google search engine