बडादशैंमा चार हजार बढी पाठापाठीको बली दिईयो

0
241
Google search engine

तोलाकान्त बगाले
वालिङ १७ कात्तिक ।
बडादशैंको अवधिभर स्याङ्जाका विभिन्न शक्तिपीठहरुमा चार हजार ३७ पाठापाठीको बली दिईएको छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्मको अवधिमा जिल्लाका ९८ वटा शक्ति पीठहरुमा उक्त पाठापाठीको बली दिईएको हो ।
एघार वटा पालिका रहेको स्याङ्जाका विभिन्न बली दिईने शक्ति पीठहरुको तथ्याङ्क सङ्कलन गरी सोही तथ्याङ्कका आधारमा युवाहरुलागि नमुना बाख्रा गाउँ अभियान, स्थानीय जनप्रनिधिहरु तथा सम्बन्धित मन्दिर ब्यवस्थापन समितिका पदाधिकारीहरुको सहयोगमा जिल्लाभरको तथ्याङ्क निकालिएको युवाहरुकालागि नमुना बाख्रा गाउँ अभियानका अभियान्ता सुशील अर्यालले बताउनुभयो ।
बाख्रा गाउँ अभियानलाई प्राप्त भएको तथ्याङ्क अनुसार ९८ वटा शक्ति पीठहरुमध्ये दुई वटामा पाठीको बली दिईन्छ भने अन्यमा पाठा तथा बोकाको बली दिने गरिएको उहाँले बताउनुभयो ।
“सबैभन्दा धेरै बली वालिङ १२ स्थित तीनकन्या अकला देवी मन्दिरमा दिईएको छ” उहाँले भन्नुभयो, “जुन मन्दिरमा घटस्थापनाको दिनदेखि पूर्णिमासम्म नौसय ४५ वटा बली दिईएको छ ।”

Google search engine

त्यस्तैगरी धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वको स्थान गह«ौंसुर धार्मिक एवं पर्यटकीय केन्द्रकोरुपमा रहेको गह«ौंसुर मन्दिरमा ५०५ वटा बोका वा पाठाको बली दिईएको उहाँले बताउनुभयो ।
जिल्लाका ९८ वटा कोतघरमा चार हजार ३७ वटा पाठापाठीको बली दिंदा आर्थिक दृष्टिले अनुमानित रु. पाँच करोड ८५ लाख ३६ हजारको पाठापाठी बिक्री भएको उहाँले बताउनुभयो । कोतघरहरुमा बली दिईएकामध्ये छिटफुटबाहेक सबैजसो पाठापाठी जिल्लाभित्रैबाट खपत भएको हो ।
“स्याङ्जा जिल्ला खसी बोकाको मासुमा आत्मनिर्भर रहेको छ” उहाँले भन्नुभयो, “पछिल्लो समय ब्यावसायिकरुपमा बाख्रापालन गर्ने उद्देश्यसहित स्थापना गरिएका फर्महरुको संख्या पनि बढ्दै जाँदा आगामी दिनमा अझै उत्पादन वृद्धि हुँदै जाने देखिएको छ ।”
जिल्लामा उत्पादन भएका खसी बोकाको मासु जिल्लाभित्रैका मासु पसलहरुमा खपत हुने गरेको छ । कोतघरहरुमा गरिने पूजाआजा तथा कुल देवताको पूजाआजाहरुमा पनि बोका तथा पाठाको माग बढी हुने गर्दछ ।

Google search engine