वालिङ, ११ असोज ।
स्याङ्जाको वालिङ नगरपालिकाले परम्परागत कला संस्कृतिको संरक्षण गर्दै भुम्रेमा ढुंगेधारा बनाएको छ । परम्परागत कला संस्कृतिको संरक्षण गर्नुपर्ने भन्दै शहरीकरणले हराउँदै जान थालेको ढुंगे धाराको संरक्षणका लागि यो योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिईएको छ । वालिङको पहिचानकारुपमा रहेका यस्ता ऐतिहासिक, परम्परागत संस्कार संस्कृतिको संरक्षण र संर्वद्धनका लागि नगरपालिका प्रतिवद्ध प्रतिवद्ध रहेको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले स्मार्ट सिटीकोरुपमा अगाडि बढ्दै गरेको वालिङले आधुनिकतासँगै मौलिकतालाई पनि सँगसँगै संरक्षण गर्दै अगाडि बढेको बताउनुभयो । आधुनिकीकरणसंँगै मौलिकपनालाई पनि भुल्न नहुने उहाँले बताउनुभयो । केन्द्र सरकारको सहयोगमा झण्डै रु. ४० लाखको लागतमा ढुंगेधारा निर्माण गरिएको वडा नं. ९ का अध्यक्ष शेरबहादुर श्रेष्ठले बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य युगमाया पंगेनी, समाजसेवीहरु बालकृष्ण श्रेष्ठ, विद्या श्रेष्ठ, मधुसुदन आचार्य, ताराप्रसाद श्रेष्ठ लगायतले संस्कृति संरक्षण गर्दै भोलिका पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।