बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

0
142
Google search engine

पोखरा ११ असोज ।
स्याङजाको पुतलिबजार नगरपालिका ८ बहाकोटमा निर्माण सम्पन्न भएको कोट कालिका मन्दिरको उद्घाटन गरिएको छ । बाइसे राजा पृथ्वी वीर बिक्रम शाहको पालामा स्थापित बहाकोट कोटकालिका मन्दिर जीर्ण बनेसँंगै मन्दिरको जिर्णोद्वार सहित पुनः निर्माणसँंगै मन्दिरमा ढलोटको मूर्ति समेत स्थापना गरिएको हो ।
मन्दिरको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले ऐतिहासिक बहाकोट कालिका मन्दिर पुननिर्माण पश्चात मन्दिर आकर्षण बनेकाले बहाकोटमा आन्तरिक एवं बाह्य पर्यटक भित्रिने वताउनुभयो । रेग्मीले मन्दिर सम्म आउने सडकको अवस्था अझैपनि दयनिय रहेको वताउदै उक्त सडक निर्माणमा नगरपाकिाले सहयोग गर्ने र संघ र प्रदेश सरकार संग समेत समन्वय गरी सडकलाई बाह्रै महिना सञ्चालन हुने गरी निर्माण गर्न आफु प्रतिवद्ध भएर लाग्ने वताउनुभयो । ऐतिहासिक एवं धार्मिक मन्दिर दर्शनका लागि बहाकोट भित्रिने पाहुनालाई रैथानेबालीको परिकार खुवाउन र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्न होमस्टे सञ्चालन गर्न समेत बहाकोट बासीलाई उहाँको आग्रह रहेको थियो ।

Google search engine

त्यस्तै अधिवक्ता विश्वराज मरासिनीले बहाकोट बासी दाजुभाइले पहलकदमी थालेर स्वदेश तथा विदेशमा रहेका जनसमुदायको सहयोगबाट मन्दिर निर्माण हुनु बहाकोट बासीको गौरवको विषय भएको वताउदै स्याङजा जिल्लामा नया धार्मिक पर्यटकीय गन्तब्य थपिएको वताउनुभयो । बहाकोट कालिकाले बहाकोट आसपासको पर्यटकीय गतिविधीलाई टेवा प¥याएको बताउदै बहाकोट कालिकाको मन्दिर संरक्षणमा समेत सम्पूर्ण बहाकोटबासी जुट्नुपर्नेमा जोड दिनुभयो ।
पुतलीबजार नगरपालिका वडा नम्बर ८ का अध्यक्ष इम बहादुर सेनले सहयोगी हातबाट करोडौको लगानी गर्न सफल भएको वताउदै सहयोगी मनकै कारण बहाकोट कोटकालिका मन्दिर स्थापना भएको बताउनुभयो । सहयोग गर्नेहरुलाई धन्यवाद ब्यक्त गर्दै वडाअध्यक्ष शाहीले आगामी दिनमा मन्दिर जाने बाटो अप्ठ्यारोे रहेको वताउदै सडक निर्माणका लागि र बहाकोटमा थ्री फेस लाइन जडानका लागीसमेत पहलकदमी थाल्ने वताउनुभयो । बहाकोटसंँग मिलिनियम ट्रेक कोल्मा, कैलाश गुफा र भारकोट स्तुपालाई जोडेर पर्यटन प्रवद्र्धनसँंगै आर्थिक बिकासमा अगाडि बढ्ने सकिने उहाँको भनाइ रहेको थियो ।

मन्दिर निर्माण समितिका अध्यक्ष भरतकुमार रानाले सिपाहीले मन्दिर अगाडि सुतिरहेको बाघलाई तरबारले काटेकाले सो ठाउँको नाम बाघकाट र समयान्तरमा अपभ्रम्स भई बहाकोट रहन गएको किंवदन्ती रहेको बताउनुभयो । सुतेकै बाघलाई सिपाहीले काटेकाले बहाकोट कोटकालिकाको मौला समेत सुताइएर राख्ने गरिँदै आएको र आगामी दिनमा बाघ काटेको मूर्ति समेत बनाउने आफुहरुको योजना रहेको वताउनुभयो । पुतलीबजार नगरपालिका, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय स्थानीय र बाह्य सहयोगी एंव चन्दादाताको सहयोगमा संकलित एक करोड एक लाख ३५ हजार ८ सय ८ रुपैया लागतमा बहाकोट कोट कालिका मन्दिर निर्माण सम्पन्न गरिएको आर्थिक संकलन संयोजक इन्द्रबहादुर थापाले वताउनुभयो । मन्दिरमा बडादसैंको महाअष्टमीको रातमा कालरात्रीको विशेष पूजापाठ हुने साथै बडादसैको नवमी र चैतेदसैंको अष्टमीमा पञ्चवली सहित विशेष पूजा हुने गर्दछ ।

Google search engine