महिला उद्यमीद्धारा तिजको अवसरमा शुभकामना आदानप्रदान

0
93
Google search engine

वालिङ, ३१ भाद्र ।
महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा वालिङमा तिजको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ । वालिङ उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिको आयोजनामा वालिङमा महिला उद्यमशीलताको संभावना, अवसर र चुनौती विषयक अन्र्तक्रिया सहित शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वति अर्याल तिवारीले उद्धमशिल महिलाहरुले वालिङको अर्थतन्त्र धानेको भन्दै महिला उद्यमशीलताको विकासमा जोड दिनुभयो । उद्योग वाणिज्य संघमा महिलाको सहभागिता पचास प्रतिशत हुनुपर्ने भन्दै महिलाहरु उत्पादनमा लागेर आत्मनिर्भर बन्न आवश्यक रहेको बताउनुभयो ।
संबिधानलाई मानेर हरेक संघसंस्थामा सक्रिया महिला सहभागीता हुन आवश्यक रहेको भन्दै महिलाहरु राजनैतिक ,आर्थिक तथा सामाजिक रुपमा सबल बन्न आवश्यक रहेकोमा जोड दिनुभयो । संविधानमा प्रदत्त अधिकारहरुको बारेमा बुझ्न जान्नुपर्ने भन्दै महिलाको लागी छुट्याईएको बजेट महिला शसक्तिकरणमा खर्च हुनै पर्ने बताउनुभयो । मन्त्री तिवारीले गन्डकी प्रदेशले किशोरीहरुको पाठेघरको क्यान्सरको निशुल्क खोप उपलब्ध गराएको, जेष्ठ नागरिकहरुका लागी निमोनियाको औषधी निशुल्क उपलब्ध गराईएको र क्यान्सर पिडितलाइ एक लाख रुपैयासम्मको औषधि खर्च उपलब्ध गराएको भन्दै सरकार जनमैत्रि बन्दै गएको बताउनुभयो ।

Google search engine

कार्यक्रममा गण्डकी प्रदेश सांसद्धोय भोजराज अर्याल र कल्पना तिवारी,निर्वतमान प्रदेश सांसद मोहन रेग्मी, नवराज भुषाल लगायतले महिलाहरुको शसक्तिकरणमा जोड दिनुभएको थियो । साथै कार्यक्रममा महिला उद्यमी बिकास समिति अध्यक्ष मञ्जु केसीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो सञ्चालन सिता अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न तिज गित, नृत्य प्रस्तुत गरिएको थियो ।

Google search engine