वालिङ, ३० भाद्र ।
वालिङ नगरपालिका वडा न ५ को आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्दघाटन गर्दै गण्डकी प्रदेश उर्जा जलस्रोत तथा सिचाइ मन्त्री सरस्वती अर्याल तिवारिले तिज विषेश कार्यक्रमले महिला दिदिबहीनीहरुमा एकताको भावना जागृत गर्ने भन्दै अव यस्ता पर्वलाई महिला शसक्तिकरणसंग जोड्नुपर्ने बताउनुभयो । महिलालाई नेतृत्व तहमा पुर्याउनका लागी घरदेखि नै सोही किसिमको वातावरण सृजना गर्नुपर्ने भन्दै आजैदेखि आफ्ना छोरीचेलिहरुलाई शसक्त बनाउन आवश्यक रहेका मन्त्री तिवारीले बताउनुभयो । गण्डकी प्रदेश सरकारले महत्वपुर्ण कार्य गरेको भन्दै एक घर एक धारालाई आफ्नै कार्यकालमा पुर्णता दिने उहाँको दावी छ ।
वालिङ नगर प्रवक्ता एंव वडा न १ का अध्यक्ष पदम राज गुरुङ, नेपाली कांगे्रसका नगरसभापति एवं रेडियो आँधीखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डे, अखिल नेपाल महिला संघ वालिङ नगर इन्चार्ज जैसरा रेग्मी नेपाली कांग्रेश वडा न १ सभापती राजु रेग्मी, नेपाली कांग्रेश क्षेत्रीय कोषध्यक्ष जमुना केसि लगायतले मन्तव्य राख्नु भएको थियो ।
वडा अध्यक्ष छवि आलेको सभापतित्वमा भएको कार्यक्रमको संचालन वडा सदस्य अनिता नेपालीले र स्वागत कार्यपालिका सदस्य जुनु थापाले गर्नु भएको थियो । कार्याक्रममा तिज गित नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा मिनाङकोट तमु आमा समुह मिनाङकोट प्रथम भएको छ । त्यस्तै शान्तिदीप आमा समुह जगत द्धितिय र जनहित आमा समुह बेसारडाँडा तृतिय भएको छ । विजेता समुहले क्रमश ः १० हजार, ८ हजार, ६ हजार नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगितामा वडाका ९ समूह सहभागी भएका थिए ।