वर्तमान अवस्था र भावी गन्तव्य विषयक अन्र्तक्रिया कार्यक्रम

0
117
Google search engine

वालिङ २४ भदौ ।
कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताउनुभएको छ । निर्वाचनका बेला भिन्न भिन्न पार्टीबाट प्रतिस्पर्धा गरेतापनि विजयी भईसकेपछि सबैको साझा भएर काम गर्न सके मात्रै विकासले गति लिने उहाँले बताउनुभएको हो । स्मार्ट सिटीकोरुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिकाले आज वालिङमा आयोजना गरेको पालिकाको वर्तमान अवस्था र भावी गन्तव्य विषयक अन्र्तक्रिया कार्यक्रमलाई शनिबार वालिङमा सम्बोधन गर्नुहुँदै उहाँले विकासमा राजनीति घुसाउन नहुनेमा जोड दिनुभएको हो ।
“विकासका नाममा राजनीति गर्नहुन्न भन्ने मान्यताको पक्षधर हुँ” उहाँले भन्नुभयो, “विकासमा सबैको अपनत्व भयो भने त्यो दिगो र प्रभावकारी हुन्छ ।”
कहिलेकाँही विकासका नाममा राजनीति गर्ने र राजनीतिकैकारण विकास ठप्प हुने गरेका उदाहरणहरु प्रशस्तै देखिने गरेको उहाँको भनाई थियो । उहाँले केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावना अनुरुप काम गर्न प्रतिवद्धत रहेको बताउनुभयो । “तीन तहका सरकारहरुबीच आपसी समन्वयको अभावले विकास निर्माणका कार्यहरु हुन नसकेका कुराहरु आउने गरेका छन्” उहाँले भन्नुभयो, “केन्द्रको जनप्रतिनिधिकोतर्फबाट म प्रदेश र स्थानीय तहहरुसँग समन्वय गर्दै अगाडि बढ्न तयार छु ।”
निर्वाचनका बेला मतदातामाझ गरेका प्रतिवद्धताहरुलाई पाँच वर्षको अवधिसम्ममा पूरा गरेरै छाड्ने प्रतिवद्धता उहाँले जनाउनुभएको छ । कार्यक्रममा गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले समाज रुपान्तरण गर्ने दायित्वकासाथ निरन्तर लागिरहेको बताउनुभएको छ । उहाँले केन्द्र सरकार र स्थानीय सरकारसँग समन्वय गर्दै विकासका गतिविधिहरु नागरिकले महशुस हुने गरी काम गर्ने दावी गर्नुभयो ।

Google search engine

गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्यालले दलगत स्वार्थभन्दामाथि उठेर विकास निर्माणमा सहभागी हुनुपर्ने बताउनुभयो ।
वालिङको विकासकालागि नगरपालिकाले मात्रै नभई यहाँका नागरिकहरुसँग भएका अमूल्य अनुभवहरु, सल्लाह सुझावहरुलाई ग्रहण गरी आगामी दिनमा योजना बनाउन सकियोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । नगरको विकासमा सबैको भावनालाई समेटेर सामूहिक ढंगबाट छलफल गर्नकालागि अन्तरक्रियाले महत्वपूर्ण टेवा पुग्ने उहाँले बताउनुभयो ।

वालिङमा जन्मेर देशका विभिन्न संघ संस्था तथा कार्यालयहरुमा लामो समय अनुभव संगाल्नुभएका ब्यक्तिहरुकाबीच सामूहिक छलफल तथा अन्तरक्रियाबाट निस्केको निचोडलाई नगरपालिकाले सम्पत्तिकोरुपमा ग्रहण गरी कार्यान्वयनको चरणमा लैजाने उपप्रमुख कविता तिवारी गैह«ेले बताउनुभयो ।

विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्नुभएका विषय विज्ञहरुले दिनुभएको सुझाव र राजनीतिक नेतृत्वको प्रतिवद्धतासहित अगाडि बढ्दा वालिङमा उपलब्धीहरु देखिने उहाँले दावी गर्नुभयो ।

Google search engine