वालिङमा राष्ट्रिय वाणिज्य बैंकको शाखा उद्घाटन

0
168
Google search engine

वालिङ २४ भदौ ।
नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले समुन्नत नेपाल बनाउन सबै दल मिल्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड वालिङ शाखाको आज उद्घाटन गर्नुहुँदै उहाँले समुन्नत नेपाल देख्न चाहने हो भने सबै दल मिल्नुको विकल्प नभएको बताउनुभएको हो । “एक दलले अर्को दललाई गाली गलौज गरेर देश बन्दैन” उहाँले भन्नुभयो, “देश बनाउनकालागि गाली गलौज नभई मिल्नु आवश्यक छ ।” मुलुक बनाउनकालागि जो जहाँ छ त्यहीँबाट कर्मलाई विश्वास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “गफ लाएर मुलुक परिवर्तन हुँदैन” उहाँले भन्नुभयो, “मुलुकको परिवर्तन गर्नकालागि कर्म गरेर अगाडि बढ्नुपर्छ ।” आर्थिक क्षेत्रमा केही अप्ठ्याराहरू रहेकाले यसलाई नीतिगतरूपमा समाधान गरिने उहाँले बताउनुभयो । राष्ट्र बैंक बैंकहरुको अभिभावक भएकाले आवश्यकता र परिस्थिति बमोजिम नीतिहरुमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

Google search engine

गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्यालले राष्ट्र बैंकले नियमन र अनुगमनमा कमजोरी गरेकैकारण देशमा वित्तीय अराजकता बढ्दै गएको बताउनुभयो । उहाँले बैंक तथा वित्तीय क्षेत्रमा देखिएका कमजोरीहरुलाई सुधार गर्न पनि राष्ट्र बैंकले नियमन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा वालिङ नगर प्रमुख कृष्ण खाँण, नेपाली कांग्रेस वालिङ नगर सभापति एवं रेडियो आँधीखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डे, नेकपा एमाले वालिङ नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद गैह«े, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रबन्धक प्रमोद अधिकारी, जितेन्द्रसिंह थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
वालिङमा आजबाट सञ्चालनमा आएको बैंक राष्ट्रिय वाणिज्य बैंकको २८२ औं शाखा हो । स्याङ्जामा योसँगै चार वटा यस बैंकका शाखा रहेका छन् । बैंकले भीरकोट नगरपालिकाको बयरघारीमा थप शाखा विस्तार गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । चापाकोट नगरपालिकाको सुन्तलीटार र साँखरमा सेवा प्रवाहकालागि काउण्टर खोल्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताउनुभयो ।

Google search engine