सञ्चालनमा आयो वालिङमा रक्त सञ्चार इकाई केन्द्र

0
181
Google search engine

वालिङ १९ भदौ ।
स्याङ्जाको वालिङमा मंगलबार रक्त सञ्चार इकाई केन्द्र स्थापना गरी सञ्चालनमा ल्याईएको छ । वालिङमा रहेको गह«ौं प्राथमिक अस्पतालमा केन्द्र स्थापना गरिएको हो । इकाईमार्फत स्याङ्जाको वालिङ, भीरकोट, चापाकोट, गल्याङ, कालीगण्डकीसहित दक्षिण पर्वतका बिरामीलाई सहज हुने भएको हो । वालिङमा रक्त सञ्चार केन्द्र आवश्यक देखिएपछि जिल्ला रेडक्रस सोसाईटीसँग समन्वय गरेर अस्पतालमा केन्द्र सञ्चालनमा ल्याएको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । “केन्द्र स्थापनाभन्दापनि यसको ब्यवस्थापन र दिगोपानालाई महत्वकासाथ लिएका छौं” प्रमुख खाँणले भन्नुभयो, “केन्द्रको दिगोपनाकालागि नगरपालिकाले कुनैपनि कसर बाँकी नराखी अगाडि बढ्छौं ।”
नगरपालिकाले केन्द्र स्थापना र सञ्चालनकालागि नीति, कार्यक्रम तथा बजेटमार्फत सम्बोधन गरेको उहाँले बताउनुभयो ।

Google search engine

केन्द्र सञ्चालनमा आएसँगै वालिङमा सञ्चालनमा रहेका डायलासिस सेन्टर, प्रसुति गृह तथा आकस्मिक दुर्घटनाका बिरामीहरुलाई सहज हुने अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताउनुभयो । “वालिङमा भएका विरामीहरुलाई रगत चाहिएमा पाल्पा, पोखरा लगायत अन्यत्रबाट ल्याउनुपथ्र्यो” उहाँले भन्नुभयो, “अब अस्पतालमै ब्लड बैंक स्थापना भएपछि अन्यत्र जानुपर्ने बाध्यता हटेर जानेछ ।”
केन्द्रको ब्यवस्थापनकालागि जिल्ला रेडक्रस सोसाईटीले गर्ने र अन्य कार्यहरु नगरपालिका तथा अस्पताल प्रशासनले गर्ने गरी सहमति भएको जिल्ला रेडक्रस स्याङ्जाका सभापति दिनेश अर्यालले बताउनुभयो । समय समयमा रक्तदान गरी रगत सङ्कलन गर्ने, सङ्कलित रगतको समूह वर्गीकरण गर्ने, सुरक्षित भण्डारण गर्ने र निशुल्क वितरण यस केन्द्रमार्फत गरिने सभापति अर्यालले जानकारी दिनुभयो ।एकपटक सङ्कलन गरिएको रगत ३५ दिनभित्र प्रयोगमा ल्याईसक्नुपर्ने उहाँले बताउनुभयो । ३५ दिनभित्र खपत हुने अवस्था नदेखिएमा प्रादेशिक रक्त सञ्चार केन्द्र पोखरा पठाउँदै आईएको छ । वालिङमा स्थापना भएको रक्त सञ्चार इकाई ८० युनिट क्षमताको हो । रक्त सञ्चार केन्द्र सञ्चालनमा आएसँगै अब स्याङ्जाको दक्षिण, पश्चिम भेगसहित दक्षिण पर्वतका बिरामीहरुलाई वालिङबाट नै निशुल्क रगत उपलब्ध गराउन सकिन्छ ।

केन्द्र स्थापनाको अवसरमा बुधबार गरिएको रक्तदानमा १६ युनिट रगत सङ्कलन भएको थियो । केन्द्र स्थापना कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी स्याङ्जाका उपसभापति लक्ष्मी थापा, उपमन्त्री खगेन्द्रप्रसाद अर्याल, नेपाल जुनियर रेडक्रस सर्कल स्याङ्जाका संयोजक विष्णु सुवेदी गैह«ेलगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Google search engine