स्याङ्जा, १८ भदौ ।
न्यून आय भएकाकालागि आयआर्जनमा सहयोग पु¥याउने उदेश्यले पुतलीबजार नगरपालिका वडा नं १० स्थित राङ्खोला सामुदायिक सिकाई केन्द्रले कुखुराका चल्ला सहितका सामग्री उपलब्ध गराएको छ । सिकाई केन्द्रले पुतलीबजार नगरपालिका — १२ पेल्काचौरका ३० जना विपन्न परिवारलाई कुखुराका चल्ला सहित दाना र औषधी समेत प्रदान गरेको हो । चल्ला सहितका सामग्री हस्तान्तरण गर्दै पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले नमूनाकारुपमा उपलब्ध गराईएका चल्लाका पालन पोषण गर्दै राम्रो आयआर्जन बढाउने किसानका लागि आउँदा दिनमा नगरपालिकाको पनि सहयोग रहने बताउनुभयो ।
मेहनत र परिश्रम गर्ने ब्यक्ति मात्र समाजमा अघि बढ्ने जनाउदै आय आर्जनमा जोडिन सुझाव दिनुभयो । तालिमहरु धेरै हुने तर वास्तविकतामा निकै थोरै उपलब्धी देखिएको जनाउदै उहाँले आवश्यकता अनुरुप दृढ संकल्पित ब्यक्तिका लागि मात्र तालिमको ब्यवस्था गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा उपप्रमुख देवी अर्याल, वडा अध्यक्ष गुंञ्जसिंह गुरुङ, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, नगर शिक्षा शाखाका प्राविधिक सहायक शोभा बस्याल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, पूर्ववडाअध्यक्ष दूतप्रसाद गुरुङ, स्थानीय समाजसेवी जीवनाथ अर्याल लगायतले सिकाई केन्द्रको अनुकरणीय कार्यको सह्राना गर्दै यस्ता कार्यले मानिसलाई ब्यवसायिकतामा रुची जगाउने बताउनुभयो ।
राङ्खोला सामुदायिक सिकाई केन्द्रका अध्यक्ष भीमसेन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दुर्गाबहादुर शाहले स्वागत मनकामना युवा क्लवका अध्यक्ष राजेन्द्र अर्यालले धन्यवाद एवं सचिव सुरजकुमार अधिकारीले सञ्चालन गर्नुभएको थियो । सिकाई केन्द्रले ३० जना विपन्न परिवारलाई १४ दिने जनही १५ वटा कोइलर कुखुरा, दाना र औषधी प्रदान गरेको हो । पुतलीबजार नगरपालिकाको सशर्त अनुदानबाट सिकाई केन्द्रले प्राप्त रकम मार्फत चल्ला सहितका सामग्री उपलब्ध गराएको हो ।