वालिङमा डेङ्गुका चार बिरामी फेला

0
264
Google search engine

तोलाकान्त बगाले
वालिङ, ११ भदौ ।
स्याङ्जाको वालिङमा चार जना डेङ्गुका बिरामी फेला परेका छन् । वालिङस्थित गह«ौं प्राथमिक अस्पतालमा गरिएको परीक्षणमा चार जना डेङ्गु सङ्क्रमित बिरामी भेटिएका हुन् । अस्पतालमा उपचारकालागि आएका बिरामीहहरुको रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण पुष्टि भएको अस्पतालका प्रमुख डा. सुरज ढकालले बताउनुभयो । सङ्क्रमण पुष्टि भएका बिरामीहरु वालिङ नगरपालिका ८, १३ र १४ का हुन् । अस्पतालमा आएकामध्ये एक जनाको वालिङमै उपचार भईरहेको छ । एकजनालाई थप उपचारकालागि पोखरा पठाईएको छ भने अर्का दुईजना पनि उपचारकालागि जानुभएको छ ।
लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगबाट बच्नकालागि पानी जम्ने स्थानहरु सफा गर्नुपर्ने उहाँले बताउनुभयो । “लामखुट्टेले जमेको पानी, टायर, गमला लगायतका पानी जम्ने ठाउँहरुमा फूल पार्ने गर्छ” उहाँले भन्नुभयो, “फूल पार्न नदिन संभावित ठाउँहरुमा सफा गर्नुपर्ने हुन्छ ।”
लामखुट्टेको टोकाईबाट बच्नकालागि झुल तथा धुपको प्रयोग गर्ने, घरका झ्लाल तथा ढोकामा जालीको प्रयोग गर्ने, खेतबारीमा काम गर्दा लामो बाउला भएका वा शरीर पूरै ढाक्ने खालका कपडाको प्रयोग गर्न पनि उहाँले सुझाव दिनुभयो । डेङ्गु रोग लागेमा बिरामीहरुमा उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, आँखाको गेडी दुख्ने, रगतमा प्लेटलेसको मात्रा कम हुने र शरीरमा निला दागहरु देखिन्छन् ।
“डेङ्गुसँग मिल्दोजुल्दो लक्षणहरु देखिएमा नजिकैको स्वास्थ्य संस्थामा गई उपचार गर्नुपर्छ” उहाँले भन्नुभयो, “चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गरेमा समयमै निको हुन्छ ।”

Google search engine

वालिङमा सङ्क्रमण फैंलिदै जाँदा जोखिम हुनसक्ने भएकाले पूर्व सावधानी अपनाउनुपर्ने अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताउनुभयो । समयमै लामखुट्टेको खोजी र नष्ट गर्ने अभियान सञ्चालन नगरेमा अवस्था जटिल बन्दै जानसक्ने भएकाले समयमै चेतनामूलक कार्यक्रम चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “डेङ्गु बढ्न सक्ने भएकाले अस्पतालमा तयारीस्वरुप दश शैया तयारी अवस्थामा राखेका छौं” उहाँले भन्नुभयो, “अस्पतालमा निशुल्क परीक्षण गर्ने कीटको अभाव भएकाले नगरपालिकासँग माग गरेका छौं ।”
परीक्षणको दायरा बढाउँदै जाँदा सङ्क्रमितको सङ्ख्या थपिन सक्ने भएकाले अवस्था जटिल हुन नदिन समयमै रोकथामका उपायहरु अपनाउन उहाँको सुझाव छ । नगरपालिकाले परीक्षण गर्ने कीटको ब्यवस्थापनकालागि आवश्यक पहल अगाडि बढाएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । लामखुट्टेका संभावित स्थलहरुको खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने तयारीमा नगरपालिका रहेको छ । यस अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गर्दै जोखिम न्यूनिकरणकालागि जनचेतनामूलक कार्यक्रम गर्ने गरी स्वास्थ्यकर्मीहरुलाई खबर पठाईसकिएको उहाँले बताउनुभयो ।

Google search engine