गौहत्याका विरुद्धमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

0
122
Google search engine

वालिङ, १० भदौ ।
गौहत्या गरी सामाजिक सञ्जालमा पोष्ट गरेर धार्मिक सहिष्णुता खल्बल्याउने कार्य भएको भन्दै विश्व हिन्दु महासंघ नेपाल स्याङ्जाले ध्यानाकर्षण गरेको छ । महासंघका अध्यक्ष हरिहर पाण्डेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वास माथि आघात पुग्ने गरी धरानमा सार्वजनिकरुपमा गोरु काट्नु गौहत्या गर्नु सामाजिक सञ्जालमा पोष्ट गरेर धार्मिक सहिष्णुता खल्बल्याउने प्रकृतिको कार्य गर्नु र गराउनु दुवै दण्डनीय अपराध भएको उल्लेख गरेको छ ।
विश्व हिन्दु महासंघले आईतबार ईलाका प्रशासन कार्यालय वालिङमार्फत नेपाल सरकारका प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश गरेको हो । विश्व हिन्दु महासंघको टोलीले ओमकारको झण्डा सहित प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन गएका थिए । नेपालको संविधानमा परिच्छेद २७ को पशुपंक्षी सम्बन्धी कसुर अन्तर्गत ८९ नम्बरको नियममा गौहत्या गर्नु गराउनु दण्डनीय अपराध भनेर उल्लेख गर्दा गर्दै पनि संविधानको ठाडो उल्लङ्घन गरी हिन्दु धर्म माथि सोझो हस्तक्षेत्रप भएको तथ्य प्रति विश्व हिन्दु महासंघ स्याङजाले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
नेपाल राष्ट्र एक वैदिक कालदेखि नै ऋषिमुनि, महर्षि योगी तथा सज्जन र असल मार्गदर्शकको रुपमा विश्वभर आफ्नो अस्तित्व कायम गरी गौरवमय ईतिहास रचेको पवित्र भूमि रहेको भन्दै बहुसंख्यक ओमकार परिवार बैद्धिक सनातनीहरु हिन्दु धर्मावलम्बीहरु साथै अन्य बहुधर्मका बीचमा पनि धार्मिक एकता सदभाव र समानजस्यता कायम गरी एक आपसमा मिलेर बसेको उदाहरणीय देश नेपाल भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । आपसी एकता धार्मिक सहिष्णुता नेपालको पहिचान भएको भन्दै सदियौँदेखि कायम भएको नेपालको सामाजिक धार्मिक सदभाव र एकतामा आँच आउने खालका कार्य निषेध गरी नेपाल सरकारले संविधानको रक्षार्थ कदम अगाडि बढाउन समेत विश्वहिन्दु महासंघले आग्रह गरेको छ ।

Google search engine
Google search engine