मणीप्रसाद अर्याल
वालिङ
विद्यालय स्तरमा शैक्षिक सुधारको लागि वालिङमा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । वालिङ नगरपालिकाको आयोजना तथा खबर एजुकेशन डटकमको समन्वयमा वालिङ नगरपालिकाका कार्यपालिका सदस्यहरु र शिक्षा समितिका सदस्यहरुको बीचमा अन्तक्र्रिया गरिएको हो ।
अन्तक्र्रिया कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले शैक्षिक सुधारको लागि नगरपालिकाले हरकदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले शिक्षकहरुलाई राजनैतिक संलग्नताको आरोप लाग्ने गरेकोमा त्यसबाट बचेर शिक्षण सिकाई गर्न निर्देशन दिनुभयो । अन्तक्र्रिया कार्यक्रममा वालिङमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था, समस्याहरु तथा सुधारको विषयमा छलफल गरिएको थियो । कार्यक्रममा वालिङ नगरपालिकाका वडा अध्यक्षहरुले आ–आफ्ना वडामा रहेको सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्थाको बारेमा जानकारी गराएका थिए ।
सामुदायिक विद्यालयहरुमा एसईई परीक्षाको नतिजा खस्किँदै जानुमा शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको त्रिपक्षीय सम्बन्ध स्थापित हुन नसकेको जनप्रतिनिधिहरुले बताएका छन् । यसैबीच वालिङका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुलाई प्रश्नपत्र निर्माण तथा मूल्याङ्कनकोे विषयमा कार्यशाला सम्पन्न गरिएको छ । विद्यार्थीहरुको शैक्षिक गुणस्तर मापनको लागि प्रयोग गरिने प्रश्नपत्रमा समेटिनुपर्ने विषय वा पक्षहरुको बारेमा कार्यशाला गरिएको हो । गुणस्तर मापनको लागि अपनाइने मूल्याँङ्कनको विधि परीक्षालाई लिइने भएकोले प्रश्नपत्र निर्माणको क्रममा गहन अध्ययन हुन आवश्यक रहेको सहभागीहरुले बताएका छन् ।