वालिङ ३०, साउन ।
वालिङ नगरपालिका ५ नं. वडा कार्यालयको आयोजनामा वृक्षारोपण गरिएको छ । वडाका वर्तमान, पूर्व जनप्रतिनिधिहरु, कर्मचारीहरु, राजनीतिक दलहरु, टोल विकास संस्था, आमा समूह, युवाक्लबहरुको सहयोगमा विद्यालय परिसर, स्वास्थ्यचौकी परिसर तथा सडक छेउछाउमा वृक्षारोपण गरिएको हो ।
वडालाई सौन्दर्यकरणमा ध्यान दिंदै कल्की, गुलमोहर, पारिजात, तेजपत्ता लगायतका विभिन्न प्रजातिका ६ सय ५० वटा विरुवा रोपिएको वडा अध्यक्ष छविलाल आलेले बताउनुभयो । जगतदेखि मझकोटसम्म, बडहरेदेखि दिप्कासम्मका सडक किनारमा वृक्षारोपण गरिएको हो । वृक्षारोपणमा सहयोग गर्नुहुने सम्पूर्णमा आभार ब्यक्त गर्नुहुँदै वडाअध्यक्ष आलेले अव यसको संरक्षणमा पनि सहयोग गरिदिन वडावासीहरुसित अनुरोध गर्नुभएको छ ।