बाग्लुङको पाठकथरमा एक घर एक धारा, स्थानीयद्वारा खुसी ब्यक्त

0
386
Google search engine

वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका बागलुङ्ग नगरपालिका १३ पाठकथर रोकापाला क्षेत्रका बासिन्दाहरुले लामो समयपछि खानेपानीको सुविधा पाएपछि खुसी ब्यक्त गरेका छन् । गण्डकी प्रदेश सरकारको एक घर एक धारा पु¥याउने उद्धेश्य अनुरुप सोक्षेत्रमा खानेपानीको ट्याङ्की निर्माण गरी एकसय ४४ धारामा पानी पु¥याएपछि खानेपानीको समस्या समाधान भएको हो ।
गण्डकी प्रदेश सरकारको करिब दुई करोड र उपभोक्ता समितिको २७ लाख जनसहभागितामा १२ किलोमिटरको दूरीमा रहेको मुहानबाट ल्याएको पानी ट्याङ्कीमा जम्मा गरी उपभोक्ताको घर घरमा धारा पु¥याउने काम सम्पन्न भएको हो ।
पाठकथर रोकापाला खानेपानी उपभोक्ता तथा सरसफाई समिति र खानेपानी आयोजनाको सहकार्यमा निर्माण भएको एकलाख ५० हजार घनमिटर पानी संकलनकालागि निर्माण भएको ट्याङ्कीको गण्डकी प्रदेशका उर्जा जलश्र्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले आईतवार एक समारोहबीच उद्घाटन गर्नुभएको हो । मन्त्री अर्यालले खानेपानी ट्याङ्की उदघाटन गर्नुहुँदै खानेपानीको समस्याका कारण गाउँनै छाडेर अन्यत्र जानेहरुको संख्या बढ्दै जान थालेकाले खानेपानीको सहज पहुँच विस्तार गर्न मन्त्रालय प्राथमिकतासहित अगाडि बढेको बताउनुभयो । उहाँले वर्षौंदेखि गाग्री र डोकोमा पानी बोकेर गुजारा चलाईरहेका ग्रामीण क्षेत्रका वासिन्दालाई खानेपानीको पहुँच पु¥याउने लक्ष्यलाई पूरा गर्न गण्डकी प्रदेश सरकार गठन पछिको पहिलो बैठकबाट नै प्रदेशको खानेपानी र खेतीयोग्य जमिन सिंचाइका लागि प्राथमिकतासहित काम अगाडि बढिरहेकाकाले बाँकी रहेका ठाउँहरुमा केही महिना भित्रै खानेपानीको पहुँच पु¥याईने बताउनुभयो ।

Google search engine

खानेपानी ट्याङ्की उद्घाटनकै अवसरमा गण्डकी प्रदेश उर्जा, जलश्र्रोत तथा खानेपानी मन्त्रालयका सचिव सन्तोष कैनीले बाग्लुङलगायतका प्रदेशका ११ वटै जिल्लामा आगामी दुई वर्षभित्र खानेपानीको पहुँच पु¥याउने र खेतीयोग्य जमिनको सिंचाईकालागि सरकारले प्रतिवद्धताका साथ काम गरिरहेको बताउनुभयो । खानेपानी उपभोक्ता समितिका अध्यक्ष पवित्रा रोकाको अध्यक्षतामा भएको ट्याङ्की उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठक, बागलुङ नगरपालिका १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले आफ्ना धारणा राख्नुभएको थियो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख इञ्जिनीयर तुलसी बस्नेत, उपभोक्ता समितिका उपाध्यक्ष धनबहादुर रोका लगायतका वक्ताले लामो समयदेखि गाउँमा रहेको खानेपानी समस्याको अन्त्य भएकोमा खुसी ब्यक्त गर्नुभएको थियो ।

Google search engine