पोखरा २७, साउन ।
बर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका पोखरा ३२ ढोडबेसी, मालेपाटन क्षेत्रका बासिन्दाहरुले लामो समयपछि खानेपानी सुविधा पाएपछि बाजा गाजा सहित खुसियाली मनाएका छन् । गण्डकी प्रदेश सरकारको एक घर एक धारा पु¥याउने उद्धेश्य अनुरुप सो क्षेत्रमा खानेपानीको ट्याङ्की निर्माण गरी ३ सय ६४ धारामा पानी पु¥याएपछि खानेपानीको समस्या समाधान भएको हो । गण्डकी प्रदेश सरकारको दुई करोड ६८ लाख र उपभोक्ता समितिको २९ लाख ७८ हजार जन सहभागितामा ११ किलोमिटरको दूरीमा रहेको सिम्लेखोला मुहानबाट ल्याईएको पानी ट्याङ्कीमा जम्मा गरी उपभोक्ताको घर घरमा एक घर एक धारामार्फत पु¥याईएको हो ।
ढोडबेसी मालेपाटन खानेपानी उपभोक्ता तथा सरसफाई समिति र खानेपानी आयोजनाको सहकार्यमा निर्माण भएको एकलाख ५० हजार घनमिटर पानी संकलनकालागि निर्माण भएको ट्याङ्कीको गण्डकी प्रदेशका उर्जा जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले उदघाटन गर्नुभएको हो ।
मन्त्री अर्यालले खानेपानी ट्याङ्की उद्घाटन गर्नुहुँदै प्रदेशका विभिन्न क्षेत्रका स्थानीयहरु खानेपानीको समस्याका कारण गाउँनै छाडेर अन्यत्र जानेहरुको संख्या बढ्दै जान थालेकोले गण्डकी प्रदेश सरकार गठनपछिको पहिलो बैठकबाट नै प्रदेशको खानेपानी र खेतीयोग्य जमिन सिञ्चाइकालागि प्राथमिकताका साथ काम गर्ने निर्णय बमोजिम प्रदेशका सबै बासिन्दालाई केही महिना भित्रै खानेपानीको पहुँच पु¥यााउने बताउनुभयो ।
खानेपानी ट्याङ्की उद्घाटनकै अवसरमा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, गण्डकी प्रदेश उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयका सचिव सन्तोष कैनीले कास्की लगायत प्रदेशका ११ वटै जिल्लामा खानेपानी र खेतीयोग्य जमिनको सिञ्चाईकालागि सरकारले प्रतिवद्धताका साथ काम गरिरहेको बताउनुभयो । डिभिजन खानेपानी तथा सरसफाई कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिना, ढोडबेसी मालेपाटन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मीनबहादुर गुरुङ, पोखरा महानगरपालिका ३२ का अध्यक्ष अक्कलबहादुर कार्र्की, उपभोक्ता राधा वाग्ले लगायतले मन्तब्य राख्नुभएको थियो ।