आरन ब्यवस्थापन सम्बन्धी सामग्री वितरण

0
75
Google search engine

गल्याङ, २३ असार ।
स्याङ्जाको गल्याङ नगरपालिकामा दलित उत्थान तथा सशक्तिकरणका लागि भन्दै आरन ब्यवस्थापन सम्बन्धि सामग्री वितरण गरिएको छ । गल्याङ नगरपालिकाको सिटी हलमा एक कार्यक्रमको आयोजना गरी आरन व्यवस्थापन सम्बन्धी सामग्री वितरण गरिएको हो । सामग्री वितरण कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले दलित समुदायको उत्थानकालागि नगरपालिकाबाट सबै प्रकारको सहयोग गर्ने प्रतिवद्वता जनाउनुभयो । उहाँले सबै विपन्न समुदायलाई लक्षित गरेर नगरपालिकाले विभिन्न कार्यक्रमहरु ल्याइरहेको पनि स्पष्ट पार्नुभयो । कार्यक्रममा गल्याङ नगर उप प्रमुख हेमा न्यौपाने तिमिल्सिनाले नगरपालिका भित्रका सबै विपन्न समुदायलाई सहयोग गर्न नगरपालिका सधैं तयार रहेको बताउनुभयो ।
विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरुको उपस्थितिमा आरन व्यवसायसँग सम्बन्धित सामग्री वितरण गरिएको हो । गल्याङ नगरपालिका वडा नम्बर ११ का अध्यक्ष दलबहादुर सिंजालीले मागका आधारमा १७ थान आरनसँग सम्बन्धित सामग्री तथा जस्तापाता वितरण गरिएको जानकारी दिनुभयो ।

Google search engine
Google search engine