गल्याङ, २३ असार ।
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले हरेक मानिस शिष्ट र अनुशासन भएर आफ्नो जीवनलाई सुब्यवस्थित रुपमा सञ्चालन गर्नु आवश्यक भएको बताउनुभएको छ । शनिबार स्याङ्जाङ्जाको गल्याङ नगरपालिकाको आर्थिक सहयोगमा गल्याङ नगरपालिका वडा नं.१ मालुङ्गास्थित वडा भवनमा आयोजित स्टेज उद्घोषण तथा माइन्युट लेखन ६ दिने तालिमको समापन समारोहमा बोल्नुहुँदै सो कुरा बताउनुभएको हो । नगर प्रमुख भट्टराईले भन्नुभयो, बोल्ने पनि मानिसको एउटा कला हो त्यसलाई सहरुपमा प्रयोग गर्नुपर्ने र मानवीय जीवनलाई सहज र प्रभावकारी बनाउन र हरेक योजनाहरुलाई कागजी प्रक्रिया पूरा गर्नका लागि भाषको माधयमबाट लेख्नुपर्ने भएकाले लेखन सीपको विकासका यस्तो तालिमको आयोजना गरिएको बताउनुभयो ।
मानिसलाई सीप दिन सकियो भनेमात्रै आत्मनिर्भर बनाउन सकिने र आम्दानीको पक्षमा जोडेर अगाडि बढ्न टेवा पुग्ने भएकाले हरेक गाउँ बस्तीमा यस्ता तालिम सञ्चालन गर्न आवश्यक भएको बताउनुभयो । उहाँले हामीले नगरपालिका भित्रका जनतालाई देखिने गरी विकास निर्माणको अभियान थालनी गरेको र त्यसको सकारात्मक सन्देश जनताका माझमा लगेर अनुभूति दिने प्रयासमा नगरपालिका लागेको बताउनुभयो । कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपानेले महिला दिदीबहिनीलाई सीप सिकाएर आयआर्जनको बाटो बलियो बनाउने र नगरले गरेका कामलाई प्रचार गरिदिन समेत आग्रह गर्दै तालिममा सिकको सीपलाई जीवन उपयोगी बनाउन आग्रह गनु भयो । कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.१ का वडा सदस्य बिक्रम पाण्डे, डोलमाया बस्याल, सहभागीको तर्फबाट सरस्वती बस्याल, निर्मला न्यौपाने पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा ५० जना महिलाहरुको सहभागिता रहेको थियो । गल्याङ नगरपालिका वडा नं.१ का वडाअध्यक्ष मणिप्रसाद बस्यालको अध्यक्षताम भएको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य पम्फा नेपालीले र कार्यक्रमको सञ्चालन सञ्जीवनी न्यौपानेले गर्नुभएको थियो । त्यसैगरी गल्याङ नगरपालिका वडा नं.३ को कार्यालयमा पनि तालिम सम्पन्न भएको थियो कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपानेले तालिमबाट सिकेका सीपलाई ब्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले क्षमता विकासकालागि यसप्रकारका तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुँदै आगामी दिनमा पनि निरन्तरता दिंदै जाने धारणा ब्यक्त गर्नुभयो । अध्यक्षता गल्याङ नगरपालिका वडा नं.३ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले गर्नुभएको थियो ।