कोसेलीसहित जनप्रतिनिधि दैलोमा पाउँदा वृद्धवृद्धा खुसी

0
186
Google search engine

तोलाकान्त बगाले
वालिङ, २१ असार ।
आँफूले मत दिएर जिताएका जनप्रतिनिधि आफ्नै दैलोमा कोसेलीसहित आउँदा वृद्धावृद्धा खुसी छन् । मत दिएर जिताएका जनप्रतिनिधिहरु घरदैलोमै कोसेलीसहित आउँदा आँफूलाई निक्कै खुशी लागेको महशुस सुनाउनुभयो, वालिङ ८ बगाल्थोकका पूर्णचन्द्र बगालेले । वृद्धवृद्धाको अनुभव तथा स्वास्थ्य अवस्था लगायतका विविध विषयहरुमा घरमै आएर जानकारी लिने र सम्मानस्वरुप कोसेली ल्याउनु वृद्धवृद्धाप्रति जनप्रतिनिधिले निक्कै चासो देखाएको उहाँले बताउनुभयो । घरमा आएका जनप्रतिनिधिहरुलाई वृद्धवृद्धाहरुले कार्य सफलताको शुभकामना तथा आशिर्वादसमेत ब्यक्त गर्नुभएको थियो ।

Google search engine

स्याङ्जाको वालिङ नगरपालिका ८ नं वडाले चौरासी वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई घर घरमै पुगेर सम्मानस्वरुप कोसेली दिएको हो । वडा अध्यक्ष, जनप्रतिनिधि तथा कर्मचारीहरु वृद्धवृद्धाका घरमै पुगेर झुल, हर्लिक्स र फलफूल उपलब्ध गराएको वडा अध्यक्ष दामोदर तिवारीले बताउनुभयो । घर–घरमै पुग्दा ज्येष्ठ नागरिकहरुको अवस्थाकाबारेमा जानकारी लिनुकासाथै उहाँहरुको अनुभवहरुकाबारेमा जान्ने अवसर मिलेको उहाँले बताउनुभयो । वृद्धवृद्धालाई लक्षित गरी यसअघि घरमै पुगेर स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको वडा सचिव प्रेमनारायण सुबेदीले बताउनुभयो । वडा कार्यालयमा रहेको तथ्याङ्क अनुसार चौरासी वर्ष पूरा भएका २८ जना ज्येष्ठ नागरिकमध्ये २२ जनालाई सम्मानस्वरुप कोसेली उपलब्ध गराएको वडा सचिव सुबेदीले बताउनुभयो ।

Google search engine