वालिङ, २१ असार ।
खाना पकाउने ग्याँस लिक भई आगलागी हुँदा स्याङ्जाको हरिनासमा तीन जना घाईते भएका छन् । गएराति हरिनास गाउँपालिका ६ हटिया बस्ने ६० वर्षीय नारायण मानन्धरको घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता रविन्द्र खनालका अनुसार घाईते हुनेहरुमा ६० वर्षीय नारायण मानन्धर, सोही ठाउँ बस्ने ३४ वर्षीय रोशन भन्ने खिमनारायण मानन्धर र वर्ष २० को विशाल मानन्धर घाईते भएका हुन् । घाईतेहरुलाई दुबै खुट्टा, हाल तथा अनुहार पोलेको छ । घाईते तीन जनाकै पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भईरहेको प्रहरी प्रवक्ता खनालले जानकारी दिनुभयो ।