गङ्गामायाको चौरासी पूजा वृद्धाश्रमले गरिदियो

0
135
Google search engine

वालिङ, १८ असार ।
स्याङ्जाको गल्याङ नगरपालिका १ रामनदीधामस्थित वृद्धाश्रममा वस्दै आउनुभएकी गङ्गाकुमारीको चौरासी पूजा वृद्धाश्रमले गरिदिएको छ । वालिङ नगरपालिका १० मा प्रधान कार्यालय रही गल्याङ १ रामनदीधाममा वृद्धाश्रम सञ्चालन गर्दै आएको शिवपार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाले पर्वतको पैंयूकी गङ्गाकुमारी क्षेत्रीको चौरासी पूजा गरिदिएको हो । घरबारविहीन हुनुभएकी क्षेत्री विगत सात वर्षदेखि वृद्धाश्रममा बस्दै आउनुभएको थियो । घरका सदस्य कोही पनि नभएकाले संस्थाले विधिपूर्वक चौरासी पूजा गरिदिएको संस्थाका अध्यक्ष कविता तिवारी गैह«ेले बताउनुभयो ।
उहाँले वृद्धवृद्धा समाजका गहना र अभिभावकसमेत भएकाले सम्मानस्वरुप विधिपूर्वक पूजा गरिदिएको बताउनुभयो ।

Google search engine

वृद्धाश्रममा बस्दै आउनुभएकी आमालाई छोराछोरीले गरिदिने कर्म पूरा गरेको उहाँले बताउनुभयो । वृद्धा क्षेत्रीको तुलादान गर्दाको रकम रामनदीधाम संस्कृत गुरुकुलममा सहयोग गरिएको छ । आफ्नो घर परिवारका सदस्य कोही पनि नभएपछि सातवर्ष अघिदेखि वृद्धाश्रमको साहारामा जीवन बिताउँदै आएको वृद्ध क्षेत्रीले बताउनुभयो ।
“छोराछोरी भएनन्, श्रीमानको मृत्यु भएपछि वृद्धाश्रममा आएर बस्न थालें” क्षेत्रीले भन्नुभयो, “वृद्धाश्रम सञ्चालन गर्ने समिति अनि वृद्धाश्रममा बस्ने वृद्धवृद्धा सबै आफ्नै परिवार जस्तै लाग्न थाल्यो, एक्लोपनको महशुस भुल्दै गएँ ।” चौरासी पूजा गर्ने आफ्नो ईच्छा वृद्धाश्रमले पूरा गरिदिएकोमा खुसी लागेको उहाँले बताउनुभयो । आफ्नो कोही नहुँदा पनि वृद्धाश्रमले आफ्नै परिवारभित्रको सदस्य ठानेर पूजाआजा गरिदिएकोमा उहाँ हर्षविभोर हुनुहुुन्छ । वृद्धाश्रममा हाल विभिन्न जिल्लाका २२ जना वृद्धवृद्धाहरु बस्दै आउनुभएको छ ।

Google search engine