सकारात्मक सोंचसहितको विकास आजको आवश्यकता ः प्रमुख भट्टराई

0
35
Google search engine

वालिङ, १९ असार ।
गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले सकारात्मक सोंच सहितको विकासमा अगाडि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले आफ्नो क्षेत्रको विकासका लागि सकारात्मक सोंच सहित आफ्नो क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो । गल्याङ नगरपालिकाको आयोजनामा वडा नम्बर ३ मा आज सुरु भएको स्टेज उद्घोषण तथा माइन्युट लेखन प्रशिक्षण उद्घाटन कार्यक्रममा नगर प्रमुख भट्टराईले सबैमा एउटा एउटा क्षमता हुने भन्दै त्यसको प्रस्फुटन गर्नुपर्ने बताउनुभयो । विकास भनेको भौतिक विकास मात्रै नहुने भन्दै उहाँले प्रत्येक व्यक्तिको सोंचमा पनि विकास हुनुपर्ने बताउनुभयो । नगर प्रमुख भट्टराईले भौतिक विकास क्रमशः हँुदै जाने भन्दै मानसिक रुपमा पनि सबै व्यक्ति सक्षम हुने र व्यक्तिगत क्षमता विकास गर्नुपर्ने बताउनुभयो । उद्घोषण तालिमले आत्मविश्वास बढाउन सहयोग पु¥याउने भन्दै उहाँले तालिमलाई अधिकतम सदुपयोग गर्न आग्रह गर्नुभयो ।

Google search engine

उद्घाटन कार्यक्रममा गल्याङ वडा नंं ३ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले महिलाहरुको क्षमता विकासकालागि यो तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । सिकेका सीपलाई ब्यवहारमा उतार्न सकेमात्रै तालिमको उपलब्धी हुने भएकाले सहभागीहरुले यसलाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो । वडा नम्बर ३ को कार्यालयमा भएको स्टेज उद्घोषण तथा माइन्युट लेखन प्रशिक्षण कार्यक्रम ५ दिनसम्म सञ्चालन हुनेछ ।

Google search engine