नीति तथा कार्यक्रममाथि अन्तरक्रिया

0
118
Google search engine

कला राना
वालिङ, ५ असार ।
वालिङ नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रमको लागि यहाँका राजनीतिक दलहरुसँंग अन्तरक्रिया गरेको छ । नगरपालिकाले नीति तथा कार्यक्रमको विषयमा चरणबद्धरुपमा सम्बद्ध संघ संस्था तथा निकायहरुसंँग अन्तरक्रिया तथा सुझाव ग्रहण गर्दै आएको छ । यसअघि यहाँका सञ्चार माध्यम, पत्रकारहरुसंँग समेत नीति तथा कार्यक्रमका विषयमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा नगरप्रमुख कृष्ण खांणले नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा हरेक वर्गलाई समेट्दै नागरिकको जिवनमा परिवर्तन ल्याउने गरी नगरपालिका अगाडि बढेको बताउनुभयो । हरेक पक्षको सुझाव तथा प्रतिक्रियाको आधारमा नीति तथा कार्यक्रम र बजेट ल्याईने भन्दै नगरबासीको हितलाई प्राथमिकतामा राखिने नगर प्रमुख खांँणले बताउनुभयो । नगर उपप्रमुख कविता तिवारी गैह्रेले आगामी वर्षको नीति तथा कार्यक्रम समावेशी, सबै वर्ग समुदायलाई सम्बोधन हुने गरी ल्याईने बताउनुभयो । नगरपालिकाले चरणबद्ध रुपमा सबै पक्षसँंग नीति तथा कार्यक्रमका विषयमा सुझाव र छलफल गर्दै आएको भन्दै अवको नीति कार्यक्रम र बजेट उत्कृष्ट हुने दावी गर्नुभयो ।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नेपाली कांँगे्रसका नगर सभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका नगर सचिव यमकान्त खनाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्रप्रसाद गैह्रेले कृषि, पर्यटन, पुर्वाधार विकास, ग्रामीण सडकको स्तरोन्नति र बाँदर आतङ्कका विषयमा आ–आफ्ना सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।

Google search engine
Google search engine