वालिङ, २ असार ।
स्याङ्जाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी एक बालकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता रविन्द्र खनालका अनुसार अर्जुनचौपारी ६ सिउँडीबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुबेदी) ले हँसिया प्रहार गरी सोही ठाउँ बस्ने ९ वर्षीय बाल हर्षित देवकोटाको हत्या गरेका हुन् । शुक्रबार साँझ ५ः३० बजेको समयमा हँसिया प्रहार गरी बालकको हत्या गर्ने सुवेदी घटनापश्चात फरार रहेका थिए । फरार रहेका सुवेदीलाई प्रहरीले पुतलीबजार १ बाट पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।