वालिङ, २ असार ।
शुक्रबार राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्व मेयर शिव गिरीको मृत्यु भएको छ । राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको बा १५ च १७०९ नम्बरको स्कारपियो पुतलीबजार १० राङखोलास्थित सिद्धार्थ राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा घाईते गिरीको उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्र्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता रविन्द्र खनालले जानकारी दिनुभयो । चापाकोट ४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले शुक्रबार राति ११ः४० मा मृत घोषणा गरेको थियो । प्रहरीले पुतलीबजार ९ कोल्मा बस्ने ३२ वर्षीय सवारी चालक सुरज नेपाली तथा स्कारपियो नियन्त्रणमा लिएको प्रवक्ता खनालले बताउनुभयो ।