नेपाल प्रेस युनियन स्याङ्जाको अध्यक्षमा बगाले

0
273
Google search engine

वालिङ, २७ जेठ ।
नेपाल प्रेस युनियन स्याङ्जाको नवौं अधिवेशन तथा दशौं साधारण सभाबाट पत्रकार तोलाकान्त बगाले निर्विरोध निर्वाचित हुनुभएको छ । बिएण्ड बी मिडिया कम्पनीका अध्यक्ष एवं बुलेटिन नेपाल डटकमका प्रधानसम्पादक रहनुभएका बगाले शुक्रबार स्याङ्जामा सम्पन्न अधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएको हो । उक्त अधिवेशनले आगामी कार्यकालकालागि तोलाकान्त बगालेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा साधना न्यौपाने र गोपिकृष्ण रेग्मी रहनुभएको छ । त्यस्तै सचिवमा शंकर सुवेदी र कोषाध्यक्षमा हिमाल न्यौपाने चयन हुनुभएको छ भने अन्य सदस्य रहनुभएको छ ।

Google search engine

औपाचारिकरुपमा २०६४ सालदेखि रेडियो आँधीखोलाबाट पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । उहाँले विभिन्न सञ्चार माध्यममा आवद्ध रहेर आफ्नो सफल भूमिका निर्वाह गर्नुभएको छ । पत्रकारितासँगसँगै विभिन्न सामाजिक क्षेत्रमा उहाँले महत्वपूर्ण योगदान पनि पु¥याउनुभएको छ । पत्रकारिता क्षेत्रमा विशेष गरी खोजमूलक र समाज रुपान्तरणमा टेवा पुग्ने खालका समाचारहरु लेख्दै आउनुभएको छ । साहित्यिक क्षेत्रमा समेत कलम चलाउनुभएका बगालेले २०६४ सालमा रेडियो आँधीखोलामा कार्यक्रम सञ्चालकको रुपमा प्रवेश गर्नुभएको थियो । कार्यक्रम सञ्चालक, प्राविधिक, समाचार वाचक, सम्पादक, प्रमुख हुँदै स्टेशन म्यानेजरको रुपमा अहिले पनि कार्यरत हुनुहुन्छ । उहाँ यस अघि प्रेस युनियन स्याङजाको सचिव पद तथा उपाध्यक्ष पदमा रहेर लामो समय अनुभव बटुलिसक्नुभएको छ । उहाँ नेपाल पत्रकार महासंघ स्याङ्जाको सहसचिव हुनुहुन्छ । उहाँ राष्ट्रिय समाचार समिति (रासस), आर्थिक अभियान राष्ट्रिय दैनिक, आदर्श समाज राष्ट्रिय दैनिक लगायत सामुदायिक सूचना नेटवर्क (सिआईएन), नेपाली रेडियो नेटवर्क, लगायतका विभिन्न सञ्चार माध्यमहरुमा आवद्ध रहनुभएको छ ।
यस्तै अधिवेशन तथा साधारण सभाका अवसरमा ६ जना पत्रकारहरु नगद सहित विभिन्न पुरस्कारले सम्मानित हुनुभएको छ । युनियनले प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल र स्याङ्जा पत्रकार समाजका अध्यक्ष ईन्द्र रिजाललाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । यस्तै प्रेस युनियन स्याङ्जाका निवर्तमान अध्यक्ष श्रीकृष्ण सिग्देललाई प्रेस युनियन पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको हो । यसैगरी खुमा अर्याल फाउण्डेसनद्धारा स्थापित कृषि पत्रकारिता पुरस्कारबाट हिमाल न्यौपाने, रुद्र जमुना शैक्षिक प्रतिष्ठानद्धारा स्थापित आर्थिक पुरस्कारबाट साधना न्यौपाने र प्रतिनिधि सभा सदस्य राजु थापाद्धारा स्थापित जोखिम पत्रकारिता पुरस्कारबाट रामु भट्टराईलाई पुरस्कृत गरिएको नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले जानकारी दिनुभयो । पुरस्कारको राशी रु ५ हजार र प्रमाणपत्र रहेको युनियनले जनाएको छ । यस मिडियाका अध्यक्ष तथा प्रधान सम्पादक बगाले नेपाल प्रेस युनियनको अध्यक्षमा बिजयी हुनुभएकोमा उहाँसहित सम्पूर्ण कार्यसमितिप्रति हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।

Google search engine