जनप्रतिनिधिसँग जनताले गरेका आशा पूरा गरौं: मन्त्री गुरुङ

0
217
Google search engine

वालिङ, २७ जेठ ।
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले जनताले जनप्रतिनिधिसँग गरेका आशाहरु पूरा गर्नुपर्ने बताउनुभएको छ । निर्वाचनका बेला जनतामाझ गरिएका प्रतिवद्धता तथा जनताका आधारभूत आवश्यकताहरु पूरा गर्ने बेला सुरु भएको बताउनुभएको हो । बोलेरभन्दा पनि काम गरेर प्रमाणित गरेमात्रै जनताले दिएको विश्वासको मतको सही सदुपयोग हुने बताउनुभयो ।
बोल्नेभन्दा पनि काम गर्ने समय आएको बताउनुभएको छ । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. २ ले शनिबार स्याङ्जाको वालिङमा आयोजना गरेको प्रथम क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्नुहुँदै उहाँले नेताले जनतालाई आश्वासन नभई कामले प्रमाणित गर्नुपर्ने बताउनुभएको हो । राजनीतिक नेतृत्वमा रहेकाहरुको सम्पत्ति छानविन गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले सम्पत्ति छानविनको सुरुआत आफैबाट गर्न पनि आग्रह गर्नुभएको छ ।

Google search engine

कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश उपसभापति एवं सांसद कल्पना तिवारी, संविधानसभा सदस्य मोहन पाण्डे, प्रदेश सांसद भोजराज अर्याल, कांग्रेस प्रदेश सदस्य एवं वालिङ नगर उपप्रमुख कविता तिवारी गैह«े, कांग्रेस कार्यवहाक जिल्ला सभापति केदार काफ्ले, महासमिति सदस्य विष्णु पौडेल, गल्याङ नगर सभापति श्यामप्रसाद बस्याल लगायतले पार्टी सुदृढिकरणकाबारेमा मन्तब्य ब्यक्त गर्नुभएको थियो । क्षेत्रीय अध्यक्ष दिलीपप्रताप खाँणको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव फणिनारायण रेग्मी दिपकले स्वागत तथा स्याङ्जा २ (२) का कार्यवहाक सभापति टिकाराम तिवारीले धन्यवाद मन्तब्य ब्यक्त गर्नुभएको थियो । पार्टी र पार्टीबाट प्रतिनिधित्व गरेका स्थानीय, प्रदेश र केन्द्रीय तहका जनप्रतिनिधिहरुकाबीचमा विकास निर्माण तथा संगठन विस्तार गर्नकालागि सहयोग पुगोस् भन्ने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको क्षेत्रीय सभापति दिलीपप्रताप खाँणले बताउनुभयो ।

पार्टी र जनप्रतिनिधिबीच समन्वय र सहकार्यकामाध्यमबाट विकास निर्माण तथा संगठन विस्तार गर्नमा सघाउ पुग्ने विश्वासले क्षेत्रीय सम्मेलन गरेको हो । कार्यक्रममा क्षेत्रभित्र रहेका विभिन्न क्याम्पसका स्ववियु पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा गरिमा विकास बैंक तथा नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सहयोगमा रक्तदान तथा विविध सांस्कृतिक कार्यक्रमहरु गरिएको थियो ।

Google search engine