सिर्सेकोटमा ठेउलाको सङ्क्रमण

0
152
Google search engine

वालिङ, २५ जेठ ।
स्याङ्जाको वालिङ १२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा एक दुई जना बालबालिकामा देखिएको सङ्क्रमण फैंलदै जाँदा २३ जना बालबालिका तथा घरका अन्य सदस्यहरुलाई पनि सरेको थियो । बालबालिकाहरुको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउने जस्ता लक्षणहरु देखिएको छ । विश्व स्वास्थ्य संगठन, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय स्याङ्जा र गह«ौं प्राथमिक अस्पताल वालिङबाट चिकित्सकको टोली पुगेर औषधि उपचार गरेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । पहिलो पटक परीक्षण गर्दा २३ जनामा देखिएको सङ्क्रमण दर बढ्दै गएपछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरु कोखे पुगेर नमूना सङ्कलन गरेका हुन् ।
ठेउला देखिएको ठाउँमा पुगेर स्वास्थ्यकर्मीको टोलीले घाँटीको स्वाव, छालाको नमूना तथा रगतको नमूना सङ्कलन गरी परीक्षण गर्न काठमाडौं पठाएको हो । ठेउला रोगको रोकथाम तथा नियन्त्रण गर्न सामाजिक दूरी कायम राख्न समेत अनुरोध गरिएको शाखा प्रमुख पाण्डेले बताउनुभयो । ठेउला भाइरसबाट सर्ने सङ्क्रामक रोग हो । विशेष गरी पन्ध्र वर्ष उमेर समूह मुनीका बालबालिकामा यो रोग बढी देखिने गर्छ । यसले दीर्घरोगीहरु तथा गर्भवती महिलाहरुलाई बढी असर गर्न सक्ने भएकाले समुदायस्तरमा फैलिन नदिन विशेष सावधानी अपनाईएको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

Google search engine
Google search engine