लैंगिक समानता, अपांगता, सामाजिक समावेशीकरणको अभ्यास सम्बन्धी छलफल

0
143
Google search engine

वालिङ ।
लैंगिक समानता, अपांगता, सामाजिक समावेशिकरण ‘जेडसी’ मुल प्रवाहीकरणको अभ्यास, उपलब्धी चुनौती तथा समाधान सम्बन्धी छलफल कार्यक्रम वालिङमा सम्पन्न भएको छ । दलित महिला केन्द्रको समन्वय वालिङ नगरपालिका, सिडिडब्ल्युएनको आयोजना र स्थानीय सरकार सबलीकरण अष्ट्रेलियन एड, द एसिया फाउण्डेसनको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो । वालिङ नगरपालिकाले लैंगिक समानता, अपांगता, सामाजिक समावेशिकरण २०७८ सम्बन्धी नीति नै बनाएर अहिले कार्यान्वयनमा गरिरहेको छ ।
स्थानीय तहको बजेट तथा कार्यक्रममा लैंगिक समानता, अपांगता, सामाजिक समावेशिकरणको अभ्यास कस्तो भईरहेको छ, कार्यान्वयन पक्ष कस्तो छ भन्ने विषयमा जनप्रतिनिधिबीच छलफल भएको हो । विभिन्न चरणमा गरिएको यस्ता छलफल कार्यक्रममा जेडसिको यो नीतिले स्थानीय तह सञ्चालन तथा जनप्रतिनिधिहरुलाई आफ्नो कार्यबोध गराएको भन्दै यसलाई अझै सशक्तरुपमा अगाडि बढाईने सहभागीले बताएका छन् । कार्यक्रममा जेडसी नीतिको कार्यान्वयनको अवस्थाकाबारेमा जनप्रतिनिधिहरुले समूहगतरुपमा छलफल तथा प्रस्तुतिकरण गरेका छन् । नगर प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, वडा अध्यक्षहरु तथा सदस्य र शाखा प्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा १४ वटै वडामा महिला उपभोक्ता समिति निर्माण गरी महिलाहरुलाई सक्रिय बनाउन आगामी नीतिमा समावेश गर्नुपर्ने सहभागीले बताएका छन् ।

Google search engine

कार्यक्रममा नगर प्रमुख कृष्ण खांँणले नगरको विकासका लागि यस्ता सहयोगी संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै आगामी बजेटलाई अझै प्रभावकारितामा जोड दिईने बताउनुभयो । उपप्रमुख कविता तिवारी गैह«ेले जेडसीले यहाँको पहिचान व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै विकास निर्माणका काममा महिलाहरुलाई प्रथामिकता दिने बताउनुभयो ।
कार्यक्रममा निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँंणले बजेट निर्माण तथा कार्यान्वयनका लागि लक्ष्य र उद्देश्यसहित अगाडि बढेमा उपलब्धी हासिल गर्न सकिने भन्दै काम बाँडफाँड गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उपभोक्ता समितिलाई प्राथामिकतामा राखी जनउत्तरदायी तथा प्रयोगात्मकरुपमा लाग्नुपर्नेमा उहाँको जोड छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले महिला र पुरुषबीच विभेद रहेको भन्दै राज्यले लक्षित वर्गलाई जति बजेट विनियोजन गर्नुपर्ने हो त्यति नभएको बताउँदै लक्षित वर्गको लागि ल्याईएको बजेट उनीहरुको हितका लागि प्रयोग नभएको पाईएको बताउनुभयो । कार्यक्रममा द एसिया फाउण्डेसनका गण्डकी प्रदेश संयोजक पूर्ण परियारले फाउण्डेसनले स्थानीय तहलाई बलियो बनाउन जनप्रतिनिधिहरुलाई कार्यबोधप्रति उत्तरदायी बनाउन यस्ता खालका कार्यक्रम विगतदेखि गर्दै आएको बताउनुभयो । कार्यक्रम उपप्रमुख कविता तिवारी गैह्रेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन दलित महिला केन्द्रकी राधा नेपालीले गर्नुभएको थियो ।

Google search engine