विद्यार्थीमा ठेउलाको सङ्क्रमण

0
108
Google search engine

वालिङ ।
वालिङ १२ सिर्सेकोट कोखेमा विद्यार्थीमा ठेउलाको संङ्क्रमण देखिएको छ । विद्यार्थीहरुमा एउटै खालका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउने समस्या देखिएको थियो । विगत ५ दिनदेखि विद्यार्थी तथा समुदायका व्यक्तिमा सङ्क्रमण देखिएपछि मंगलबार जनस्वास्थ्य कार्यालय, गह«ौं प्राथमिक अस्पतालका स्वास्थ्यकर्मीकोे टोलीले परीक्षण गरी औषधी प्रदान गरेको थियो । शुरुमा एकदुई जना हुँदै विद्यालयका २० जना विद्यार्थीलाई समेत सङ्क्रमण देखिएको हो ।

Google search engine

धेरै संख्यामा एकैपटक विद्यार्थी र समुदायका अन्यमा समेत सङ्क्रमण देखिएपछि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधिहरु समेत सिर्सेकोट पुगेका हो । उक्त टोलीले स्वाब तथा रगतको नमूना संकलन गरी परीक्षणकालागि लगेको छ । लक्षण अनुसार ठेउला भएको प्रारम्भिक चरणले देखाएपनि धेरै संख्यामा देखिएकाले नमूना परीक्षणकालागि काठमाडौं पठाईएको हो । सरुवा रोग भएकाले सामाजिक दुरी कायम गरी हावाबाट बच्न आग्रह गरिएको छ । समुदायमा सचेतना लगाउने, सावधानी अपनाउन आग्रह गरिएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । त्यहाँको विद्यालय आउँदो शुक्रबारसम्मका लागि बन्द गरिएको छ ।

Google search engine