गाडी दुर्घटना हुँदा चालकको मृत्यु, समन्वय अधिकारी घाईते

0
51
Google search engine

वालिङ ।
बुधबार साँझ जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अर्जुनचौपारी गाउँपालिका ३ खोले भन्ने स्थानमा गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङ नगरपालिका ४ एलादी बस्ने ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता रविन्द्र खनालले बताउनुभयो ।
स्याङ्जाको सिरुबारीबाट स्याङ्जा पुतलीबजारतर्फ आउँदै गरेको बा १ झ ५८७८ नम्बरको गाडी दुर्घटना हुँदा गाडीमा सवार जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत कार्यालय स्याङ्जाका सुपरभाईजर टिकाराम पौडेल, अम्बिका पौडेल घाईते हुनुभएको हो । गाडी सडकबाट तल खसेको छ । थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता खनालले बताउनुभयो ।

Google search engine
Google search engine