विश्व वातारण दिवस मनाइयो

0
161
Google search engine

वालिङ
संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै वालिङ नगरपालिका र वालिङ जेसीजको अयोजनामा युएनडिपी नेपाल ग्लोबल प्रा.लि, बालविद्या विकास मा.विको सहयोगमा प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरण मैत्री विकल्पको उपयोग गरौ भन्ने नाराका साथ प्रभातफेरी र प्रवचन कार्यक्रम सम्पन्न गरिएको छ । बालविद्या विकास मा.वि वालिङबाट सुरु भएको प्रभातफेरी वालिङ नगरपालिकाको सभाहलमा प्रवचन सहित सम्पन्न भएको थियो । कार्यक्रममा बोल्नुहुँदै वालिङ नगरपालिका नगरप्रमुख कृष्ण खाँणले मानिसहरुको आवश्यकता र आकाङक्षाले प्रकृतिको दोहन भईरहेको भन्दै यसले विश्वव्यापी जलवायु परिवर्तन जैविक विविधताको ह्रासका साथै अत्याधिक प्रदुषणको चुनौति रहेको बताउनुभयो । त्यसका लागि आफ्नो घर वरपर वातावरण सफा राख्दै वन, बनस्पति, कृषि तथा जीवहरुको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनुपर्ने उहाँको भनाइ छ ।
वालिङ नगरपालिका उप–प्रमुख कविता तिवारी गैह्रेले स्वच्छ र स्वस्थ जीवन निर्वाहका लागि प्राकृतिक वातावरणलाई दिगो संरक्षण गर्दै वातावरण र विकास तथा सूचना प्रविधिबाट सन्तुलन कायम राख्न सवै प्रतिबद्ध हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो । कार्यक्रममा बोल्दै वालिङ जेसीज वर्ष २०२३ का अध्यक्ष मणिप्रसाद अर्यालले वातावरण संरक्षणका लागि नेपालमा राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने आवश्यकता भएको कारण वालिङ नगरपालिकाको यस्ता कार्यक्रमहरुमा सहयोगीको भूमिका खेल्ने भन्दै अवका दिनमा यस्ता कार्यक्रम गर्नका लागि नगरपालिकाले आवश्यकता हेरी बजेट विनियोजन गरिदिन पनि आग्रह गर्नुभएको थियो ।

Google search engine
Google search engine