बारा २ बाट जसपा अध्यक्ष यादव निर्वाचित

0
146
Google search engine

१३, बैशाख ।
बारा २ मा भएको प्रतिनिधिसभा सदस्यको उपचुनावमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पराजित गर्दै उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । यादवले २८ हजार ४१५ मत प्राप्त गर्नुभयो । जनमत पार्टीका कुशवाहाले २३ हजार ३३४ मत पाउनुभयो ।
नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार ८२९, आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले दुई हजार ७३८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल शाहले एक सय १९ मत, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले १०९ मत तथा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवले ६० मत पाउनुभयो ।
बारा क्षेत्र नं २ मा गत आइतबार भएको उपनिर्वाचनमा ६८ हजार ८८७ जनाले मतदान गरेका थिए । गत वर्ष मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित हुनुभएको थियो । बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो ।

Google search engine
Google search engine