माटो परीक्षण प्रयोगशाला सञ्चालन भएपछि किसानलाई सहज

0
150
Google search engine

वालिङ, १३ बैशाख ।
स्याङ्जाको भीरकोटमा माटो परीक्षण प्रयोगशाला सञ्चालनमा आएसँगै यहाँका किसानलाई सहज भएको छ । भीरकोट नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को साझेदारीमा वडा नं. २ स्थित कृषिमा प्रयोगशाला सञ्चालनमा आएको हो । माटोमा हुनुपर्ने तत्वहरुकाबारेमा न्यूनतम जानकारी लिन वा परीक्षण गर्न पनि पोखरा जानुपर्ने बाध्यता रहेका बेला किसानले आफ्नै ठाउँमा सेवा उपलब्ध गराउने गरी प्रयोगशाला सञ्चालनमा ल्याईएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो ।
किसानको खेतबारीमा कस्तो किसिमको माटो छ भन्ने प्रयोगशालामा परीक्षण गरी माटोको अवस्थाकाबारेमा जानकारी दिईने उहाँले बताउनुभयो । आँफूले बाली लगाएको माटोको अवस्थाकाबारेमा किसानले जानकारी पाउने र माटोमा भएका कमि कमजोरीहरुको उपचार गर्न सकिने भएकाले प्रयोगशालाबाट धेरैभन्दा धेरै किसान लाभान्वित हुने विश्वासमा नगरपालिका छ । वडागतरुपमा तालिका बनाएर माटो परीक्षण गर्ने तयारी नगरपालिकाको छ ।

Google search engine

डिजिटल माध्यमको अत्याधुनिक उपकरणबाट माटोमा भएको पिएच तत्कालै र अन्य पक्षको अवस्था १–२ दिनभित्रै किसानलाई जानकारी दिईने कृषि शाखा प्रमुख किसान अर्यालले बताउनुभयो । “माटोसम्बन्धि विभिन्न १२ वटा प्यारामिटरको परीक्षण प्रयोगशालामा हुन्छ” उहाँले भन्नुभयो, “माटोमा भएको कमि कमजोरीहरुकाबारेमा जानकारीसहित उपचार विधिकाबारेमा सुझाव तथा परामर्श दिने गरिएको छ ।” भीरकोटमा माटो परीक्षण प्रयोगशाला नहुँदा यहाँका किसानहरु माटोको नमूना लिएर पोखरा जानुपर्ने बाध्यता थियो । परीक्षण गर्न समय लाग्ने गरेकाले तत्कालै नतिजा नआउने र ढिलो गरी आउँदा किसानहरु बालीनाली लगाउन समय घर्किसक्ने हैरानीमा थिए । अहिले माटो परीक्षण प्रयोगशाला भीरकोटमै सञ्चालनमा आएसँगै किसानहरुलाई राहत मिलेको छ ।

Google search engine