नयाँ सरकार गठनका लागि गण्डकीमा दलहरुलाई आह्वान

0
224
Google search engine

बैशाख १२
गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको हो ।
नयाँ सरकार गठनका लागि दलहरूले वैशाख १४ गते दिउँसो ४ बजेसम्म जानकारी गराइसक्नुपर्ने छ ।
संविधानको १६८ को उपधारा २ अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख गुरुङले आह्वान गर्नुभएको हो ।
गएको शनिवार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन नसकेपछि प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको हो ।
६० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ३१ जना भए बहुमत पुग्छ । प्रदेश सभामा नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका सात, एमालेका २२, एकीकृत समाजवादीका एक, राप्रपाका दुई सांसद रहेका छन् ।

Google search engine
Google search engine