बैशाख १२
तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । विजयी वाग्लेले ३४ हजार ९ सय १९ मत प्राप्त गर्नुभएको हो । उहाँले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ९७ मतले पराजित गर्नुभएको हो ।
भट्टराईले २० हजार १ सय २२ मत ल्याउनुभयो । नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गर्नुभयो । तनहुँ १ मा १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकोमा ६५ हजार २ सय ९२ मत खसेको थियो ।
गएको मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३ सय ६१ मत ल्याउँदै विजयी हुनुभएको थियो । उहाँ राष्ट्रपति हुनु भएपछि तनहुँ १ मा उपचुनाव भएको हो ।