नवजागरणद्वारा सम्मान

0
312
Google search engine

वालिङ, ४ बैशाख ।
नवजागरण संस्था वालिङले सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान नवनिर्वाचित व्यक्तित्वहरुलाई सम्मान तथा नव आगन्तुकलाई स्वागत गरेको हो ।
कार्यक्रममा वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रे नवजागरण संस्थाले स्थापनाको छोटो समयमै समाजमा सकारात्मक प्रभाव जमाउन सफल भएको भन्दै नगरपालिका सफल हुनकालागि यस्तै विभिन्न संघसंस्था तथा आम सर्वसाधारणको समेत महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।
संस्था स्थापनासँंगै संस्थालाई क्रियाशिल बनाई समाज परिवर्तनमा लाग्नु मुख्य पक्ष रहेको भन्दै नवजागरण संस्थाले विभिन्न सामाजिक तथा रचनात्मक कार्यमा जोडिएको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल शिक्षक संघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित लक्ष्मीप्रसाद रेग्मी, नेपाल शिक्षक संघको महाधिवेशन प्रतिनिधिमा निर्वाचिन सीता गौडेल गैह्रे र वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा नयाँ सदस्यहरुलाई संस्थामा स्वागत गरिएको थियो ।
हरेक स साना कार्य नै किन नहोस् समाजलाई सकारात्मक सन्देश दिने कार्य गर्नुपर्छ भन्ने हेतुले नवजागरण संस्था समाजसंँगै जोडिएको संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालले बताउनुभयो । संस्थाले यसअघि विपन्न समुदायका लागि बंगुर तथा बाख्राका पाठापाठी समेत वितरण गरेको थियो ।

Google search engine
Google search engine