जातीय विभेद उन्मूलन दिवस स्याङ्जामा मनाइयो

0
172
Google search engine

वालिङ, ८ चैत । समाजमा हुने जातीय विभेद विरुद्ध स्याङ्जामा आवाज उठेको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाले अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा भिरकोट नगरपालिका वडा नं. ९ स्थित सिर्कोटमा आयोजित कार्यक्रममा विभेद विरुद्ध समानताको लागि विभिन्न नारा लेखीएको प्लेकार्ड बोकेर प्रभातफेरी कार्यक्रम पश्चात् आयोजित अन्तरक्रिया र अभिमुखिकरण कार्यक्रममा बोल्दै भिरकोट नगरपालिका उपप्रमुख भगवती रेग्मी अर्यालले समाजमा हुने कुनै पनि किसिमको विभेद विरुद्ध आवाज उठाउनु पर्ने कुरामा जोड दिदैँ यस्ता रचनात्मक कार्यक्रमले सिंगो सामाजमा सकरात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नु भयो । एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले सामाजिक न्याय र समानतामूलक समाज निर्माणमा सबैको हातेमालो आवश्यक रहेको औँल्याउदै सरकारले पछी परेका समुदायको जीवनस्तर माथी लैजान सीप विकास र उत्पादनमूलक कार्यक्रम मा जोड दिने बताउनु भयो । उहाँले अझै पनि देशका विभिन्न क्षेत्रमा जातीय भेदभावका घटना सुनिने गरेको हुदाँ सचेतना सहितको शिक्षा र प्रभावकारी कानूनको कार्यान्वयनमा जोड दिनु भयो ।

Google search engine

कार्यक्रममा भिरकोट नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल खनाल, वडा नं. ९ का वडा अध्यक्ष भिमबहादूर गुरुङले समाजमा कुनै प्रकारको विभेद सिर्जना हुन नदिइने बताउनु भयो ।

आमासमूह, नागरिक समाज, विद्यार्थी, स्थानीय बासिन्दाको सहभागितामा सम्पन्न कार्यक्रममा साहित्य र सिर्जना मार्फत् समानताको आवाजको लागि विभिन्न गीत, कविता, नृत्य प्रस्तुत गर्ने सहभागिहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विष्णुमाया काफ्लेले गर्नु भएको थियो । संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलन सम्बन्धि महासन्धि पारित गरेको अवसरमा हरेक वर्ष मार्च २१ मा अन्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइन्छ ।

Google search engine