लियो जिल्ला परिषद् ३२५ एम, नेपालको अध्यक्ष पदमा खाँणको उम्मेदवारी

0
168
Google search engine

स्याङ्जा । लियो जिल्ला परिषद ३२५ एम ,नेपालको ( Fourth Annual District Conference ) मा लायन वर्ष २०२६/२७ को लागि लियो क्लब अफ वालिङ सिटी का पुर्ब अध्यक्ष लियो दिक्षान्त प्रताप खाँणले पोखरा स्थित दि भिलेजमा आफ्नो उम्मेद्बारी लियो जिल्ला परिषद ३२५ एम , नेपाल का निबर्तमान अध्यक्ष तथा मनोनयन अधिकृत प्रेमराज तिवारी समक्ष उम्मेद्बारी दर्ता गराएका छन् l साथै गण्डकी क्षेत्रमा रहेका जिल्ला परिषदका पदाधिकारी ,बोर्डका सदस्य , लियो क्लब पदाधिकारी ,सदस्यहरुसँग उमेदवार सँग परिचात्मक सहित सुझाव संकलन कार्यक्रम समेत गरेका छन् l उम्मेद्बार खाँणले सिंगो जिल्लालाई एक ढिक्का बनाउने र क्लबलाई बलियो बनाएर लैजाने विधि र बिधानलाई आत्मसात गर्दै सबै लियो अात्मसम्मान न्यायोचित जिम्मेवारी दिने समेत प्रतिबद्वता व्यक्त गरेका छन् l खाँणले जन सम्पर्क अधिकृत ,जिल्ला सचिव ,प्रमुख जिल्ला अध्यक्ष सल्लाहकार ,उपाध्यक्ष जस्तो महत्त्वपूर्ण जिम्मेवारी बहन गरिसकेका छन् l तत्कालीन बि १ हुदा परिषद कै निकै महत्त्वपूर्ण अवार्ड लियो अफ द इयर सहित विभिन्न अवार्ड बाट खाँण सम्मान भएका थिए lअधिबेशन चैत २१ गते काठमाडौमा हुने छ l

Google search engine
Google search engine