लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम गल्याङमा सम्पन्न

0
210
Google search engine

वालिङ, १६ मंसिर ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा स्याङ्जामा विभिन्न सचेतनामूलक कार्यक्रमहरु भइरहेका छन् । यसै अन्तर्गत सोमबार एकिकृत सेवा कार्यालय स्याङ्जाले गल्याङ नगरपालिकासँगको समन्वय र सामुदायिक प्रहरी साझेदारीको साथमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई अभिमुखिकरण तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गर्नुका साथै साहित्य र सिर्जना मार्फत् सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमा बोल्दै गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सेनाले लैङ्गिक हिंसा अन्त्यको लागि सबै जनाको एकिकृत प्रसास आवश्यक रहेको बताउनुभयो । उहाँले कहि कतै लैङ्गिक हिंसाबाट पिडित भएमा स्थानीय न्यायिक समितिले कानूनी सहायता तथा उद्धारमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।
एकद्धार संकट व्यवस्थापन केन्द्र प्रदेश अस्पताल स्याङ्जाका प्रमुख गिता न्यौपानेले महिलाहरु आफूहरु हिंसामा परेनतापनि समाज र परिवारको डरले बाहिर अभिव्यक्त गर्न नसकेको बताउनुभयो । उहाँले कुनै पनि महिलाहरु हिंसामा परेर सहनु पर्ने अवस्था नभएको भन्दै गण्डकी प्रदेश सरकारले प्रदेश अस्पतालको एकद्धार संकट व्यवस्थापन केन्द्र र एकिकृत सेवा कार्यालयले सञ्चालन गरेको अल्पकालिन आश्रय स्थलबाट पिडितको उद्धार, राहत र कानूनी लडाइमा सहयोग गर्न तयार रहेको उहाँको भनाई थियो ।
एकिकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले सबै तहका सरकार, संघ सस्था, महिला अधिकारकर्मी, आमा समूहको सामूहिक सचेतना र जागरणका कार्यक्रमबाट लैङ्गिक हिंसा अन्त्य गर्न सकिने बताउनुभयो । कार्यालय प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन साधना न्यौपानेले गर्नुभएको थियो ।

Google search engine
Google search engine