गौशालाको सहयोगार्थ ईन्द्रेणीमार्फत ११ लाख रकम सङ्कलन

0
131
Google search engine


वालिङ, १६ मंसिर ।
स्याङ्जाको वालिङ ८ काफलडाँडामा अवस्थित धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रमको सहयोगार्थ वालिङमा सञ्चालन भएको ईन्द्रेणी बृहत सांस्कृतिक कार्यक्रमबाट ११ लाख २ हजार ३५८ रकम सङ्कलन भएको छ । धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रमको आयोजना तथा रारा ईलेक्ट्रिकल टे«ेडिङ एण्ड कन्ट्राक्टिङ दोहा कतारका सञ्चालक एवम् समाजसेवी नारायण शर्मा तथा उहाँको परिवारको मुख्य प्रायोजन र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जाको सहआयोजनामा वालिङमा गत शुक्रबार सम्पन्न भएको सांस्कृतिक कार्यक्रमबाट गौशालामा रहेका गौमाताहरुको सहयोगकालागि उक्त रकम सङ्कलन भएको गौशालाका अध्यक्ष कमलप्रसाद सुवेदीले जानकारी दिनुभयो । गौशाला सञ्चालक समितिले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी सङ्कलित रकम सार्वजनिक गरेको हो ।

Google search engine

काफलडाँडास्थित गौशालालाई दान रकम प्रदान गरी सहयोग गर्नुहुने दाताहरु, मुख्य प्रायोजक समाजसेवी नारायण शर्मा, ईन्द्रेणी फाउण्डेशन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुसहित कार्यक्रमलाई भब्य र सभ्यरुपमा सुसम्पन्न गर्नकालागि सहयोग गर्ने सम्पूर्ण संघ संस्थाहरु, ब्यक्तिहरु तथा विभिन्न उपसमितिहरुलाई गौशाला समितिले धन्यवाद ज्ञापन गरेको छ । गौमाताको संरक्षण जस्तो पवित्र र धार्मिक कार्यकालागि सहयोगदाताहरुले गर्नुभएको सहयोगलाई पारदर्शी ढंगले बाहिर ल्याईएको र सङ्कलित रकमलाई अक्षयकोषमा थप गरिने उहाँले बताउनुभयो । आफ्नै ठाउँमा रहेको गौशालाको संरक्षण गर्ने पवित्र उद्देश्यले ईन्द्रेणी फाउण्डेशनमार्फत गरिएको सांस्कृतिक कार्यक्रमबाट अपेक्षा गरे अनुसार रकम सङ्कलन भएको मुख्य प्रायोजक एवम् समाजसेवी शर्माले बताउनुभयो ।

गौशालाकालागि भनेर प्राप्त भएको रकम गौशालाको खातामानै जम्मा गरिएको र उक्त कार्यकालागि भएको सम्पूर्ण खर्च आँफूले ब्यहोरेको उहाँले जानकारी दिनुभयो । गौशालाको सहयोग साथसाथै प्रसिद्ध एवम् धार्मिक पर्यटकीय केन्द्र गह«ौंसुर, गौशाला तथा वालिङलाई लोक संस्कृतिकामाध्यमबाट पहिचान दिलाउनकालागि पनि सहयोग पुगेको शर्मा बताउनुहुन्छ । काफलडाँडामा सञ्चालनमा आएको गौशालालाई थप ब्यवस्थित गर्दै गौमाताको संरक्षण गर्ने उद्देश्यसहित यसअघि आयोजना गरिएको महायज्ञबाट झण्डै ८४ लाख रकम सङ्कलन गरिएको थियो ।

Google search engine